close

अदालती निर्णयले भोडाफोनलाई ८ खर्ब घाटा

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १८:२३

अदालती निर्णयले भोडाफोनलाई ८ खर्ब घाटा

ग्राहक संख्याको हिसावले भारतको दोस्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी भोडाफोन आईडियाले एकै पटक ५ खर्ब ९ अर्ब भारतीय रुपैंया (८ खर्ब १४ अर्ब ७५ करोड नेपाली रुपैंया) भन्दा बढी घाटा व्यहोरेको छ । भोडाफोन आईडियाले व्यहोरेको यो घाटा भारतीय बजारमा कुनै पनि कम्पनीले एकै त्रैमासिकमा व्यहोरेको आजसम्मकै सबैभन्दा ठुलो घाटा हाे ।

भाेडाफोनको उक्त घाटामा भारतकाे उच्च अदालतको निर्णय जिम्मेवार छ । यसअघि भारतको उच्च अदालतले त्यहाँको दुरसञ्चार नियामक संस्थाको पक्षमा निर्णय लिएको थियो । सेवा प्रदायकले तिर्नुपर्ने अनुमतिपत्रको शुल्क र फ्रिक्वेन्सी शुल्क सक्टेम्बर ३० तारिखसम्म एकमुस्ट तिर्नुपर्ने निर्णय नियामकले गरेको थियो । जसमा भोडाफोनको कुल तीन खर्ब ७ अर्ब ७५ करोड भारतीय रुपैंया रहेको थियो ।

त्यसमा लाइसेन्स शुल्कतर्फ दुई खर्ब ७६ अर्ब १० करोड तथा फ्रिक्वेन्सी प्रयोग गरे बापतको दायित्व एक खर्ब ६५ अर्ब ४० करोड भारतीय रुपैयाँ थियो । त्यसमा पनि जरिवाना लगायतका अन्य शुल्क थप हुँदा भोडाफोन आईडीयले सरकारलाई तीन खर्ब ३० अर्ब १० करोड बुझाउनु पर्‍यो । यो रकम एक मुस्ट तिर्नुपर्ने अदालतको निर्णयले भोडाफोन आईडिया भारतीय बजारमै सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनी बनेको छ ।

यस अवधिमा कम्पनीको कुल आम्दानी भने वृद्धि भएको छ । गत वर्षको तुलानमा दोस्रो त्रैमासिकमा कम्पनिको कुल आम्दानी ४१.५ प्रतिशतले वृद्धि भएको छ । यो त्रैमासीकमा कम्पनीको खुद आम्दानी एक खर्ब ८ अर्ब ४४ करोड भारतीय रुपैयाँ छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको कुल आम्दानी ७६ अर्ब ६३ करोड भारतीय रुपैयाँ रहेको थियो ।

कम्पनीले आइतबार दोस्रो त्रैमासिकको आर्थिक प्रतिवेदन सार्वजनिक गरेसँगै भोडाफोन आईडियाको शेयर मूल्य घटेको छ । बिहीबार भोडाफोनको शेयर मूल्य २.९५ डलर रहेको थियो । जुन बुधबारको तुलनामा २०.२७ प्रशितले कम हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०