सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशाेसियसन नेपाल (क्यान) महासंघको आगामी कार्यकालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । दिउँसो १ बजेर २३ मिनेटमा सुरु भएको मतदान पाँच घण्टासम्म अर्थात ६ बजेर २३ मिनेटसम्म जारी रहने छ।
कूल एक हजार १८४ मतदाता रहेको यस पटकको क्यान चुनावमा यो समाचार तयार पार्दा सम्म (दिउँसो ३ः५० बजेसम्म) ६ सय मत खसिसकेको छ । चुनावको मतगणना आजै सुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत सञ्जीव लामाका अनुसार बेलुकी ७ देखि साढे सातको बीचमा मतगणना आरम्भ हुने र ढिलोमा राती १० बजेसम्ममा अन्तिम मत परिणाम आइसक्नेछ ।
क्यानको आगामी कार्यकालको लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र उपाध्यक्ष सुनैना पाण्डेको नेतृत्वका दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।