close

एआईले किन मानव भावना पहिचान गर्न सक्दैन ?

टेकपाना टेकपाना

भदौ ९, २०७८ ११:२९

एआईले किन मानव भावना पहिचान गर्न सक्दैन ?

काठमाडाैं । मानवीय काममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग बढ्दो छ, जसले गर्दा जीवनयापन सजिलो बनेको छ । मानव भावनालाई पहिचान गर्नसक्ने प्रविधिको विकास एआईमा भइसकेको खबरले धेरैलाई खुसी मिल्न सक्छ । तर यसले नैतिकशास्त्रीहरुलाई भने खतराको संकेत दिएको छ ।

एआई प्रविधिले भावनात्मक कुराहरुलाई दुरुस्त पहिचान गर्न सक्ने/नसक्ने विषयमा उनीहरु सचेत बनेका छन् । एआईसँग फरक संस्कृतिको अनुभव नहुनाले यसबाट सही भावनाको पहिचान गर्न नसकिने उनीहरूकाे तर्क छ । केही नैतिकशास्त्रीले त एआईसँग भावना पहिचान गर्नसक्ने क्षमता नै नभएको समेत आरोप लगाएका छन् ।

मानिसले एउटै भावना व्यक्त गर्न पनि फरक अभिव्यक्ति देखाउँछन् । हालै अनुसन्धानकर्मीहरुको एक अन्तर्राष्ट्रिय टिमले गरेको अध्ययन अनुसार मानिसहरुले एउटै इशाराको प्रयोग गरी फरक भावना व्यक्त गर्छन् ।

नेचर कम्युनिकेशन्समा प्रकाशित साे अध्ययमा एआईले अनुहारको अभिव्यक्ति पत्ता लगाउन सक्ने/नसक्ने पहिचान गर्न केही चर्चित कलाकारहरुको फोटोको प्रयोग गरिएकाे थियाे ।

पेशेवर कलाकाररुको काममा विशेषज्ञता हुने र उनीहरुको चरित्र र भावनात्मक अभिव्यक्तिलाई हेरी एआईको कार्यक्षमता निर्क्योल गर्न सकिने अनुसन्धानले जनाएको छ ।

अनुहारको अभिव्यक्तिलाई १३ वर्गीकरण गरी अनुसन्धान गरिएको छ । जसमा मसिन लर्निङको प्रयोग गरी कलाकारकाे अभिव्यक्ति अध्ययन गराइन्छ । उक्त अध्ययनमा मानिसहरुले फरक इशारामा एउटा भावना व्यक्त गर्ने भनिएको हो ।

अनुसन्धान टोलीले अरु स्वयंसेवकहरुमा पनि अनुहारको अभिव्यक्ति परीक्षण गरेको थियो । उक्त अनुसन्धानबाट एआईले राम्रोसँग भावनाको पहिचान गर्न नसकेको जनाइएको छ ।

Emotion

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१