close

नेपालमा एक महिनामै भित्रियो ७ लाख मोबाइल सेट

टेकपाना टेकपाना

भदौ १०, २०७८ १९:५३

नेपालमा एक महिनामै भित्रियो ७ लाख मोबाइल सेट

काठमाडौं । कोरोना सङ्क्रमणयता मोबाइलको आयात निरन्तर बढिरहेको छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालमा ६ लाख ६७ हजार ५१८ मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार यति धेरै मात्रामा मोबाइल फोन भित्रिँदा चार अर्ब ८२ करोड ६७ लाख ८३ हजार बराबरको नेपाली रुपैँया बाहिरिएको छ ।

त्यस्तै मोबाइल आयातबाट सरकारले साउन महिनामा मात्रै ७६ करोड ३९ लाख २५ हजार बराबरको राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा चार लाख ७० हजार ६२१ मोबाइल फोन नेपाल भित्रिएको थियो । सो अवधिमा चार अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैँया बाहिरिँदा सरकारले ६७ करोड ५० लाख ६६ हजारको राजश्व संकलन भएको थियो ।

संख्यात्मक रुपमा हेर्ने हो भने यसपटक एक लाख ९६ हजार ८९७ फोन बढी आयात भएको छ, जुन गत वर्षको तुलनामा ४१.८३ प्रतिशतले धेरै हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१