काठमाडाैं । फेसबुकमा दिनदिनै मेमोरीमा आफ्ना पुराना पुराना तस्वीरहरू आउने गरेको याद गर्नुभएको छ ? कतिले त आफैंले पुराना मेमोरीहरू हेर्ने पनि गर्छन् । तर कतिलाई भने यो मेमोरी भन्ने फिचर नभइदिए हुन्थ्यो भन्ने पनि लाग्नसक्छ ।
फेसबुकमा मात्र होइन, गुगल फोटोमा पनि हरेक दिन मेमोरीमा हाम्रा पुराना तस्वीरहरू आइरहेका हुन्छन्, जसमा हाम्रा यादगार पलहरु समेटिएका हुन्छन् ।
यस्ता संकलनहरू देखिँदा हामीलाई आफू अति सुन्दर जीवन बाँचिरहेका छौं भन्ने अनुभूति हुन्छ । तर कहिले काहिँ यसरी सञ्चित हुने मेमोरीमा अप्रिय घटना पनि समेटिन सक्छ, जसलाई तपाईं सम्झन चाहनुहुन्न ।
यस्तो अवस्थाका लागि गुगल फोटो र फेसबुकले मेमोरीहरूलाई व्यवस्थापन गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
फेसबुकमा मेमोरी नियन्त्रण गर्ने तरिका
फेसबुकले ‘अन दिस डे’ फिचर सुरु गरेको केही महिनामा नै व्यक्ति र मिति फिल्टर गर्न मिल्ने व्यवस्था ल्याएको थियो, जसलाई हाल हामी फेसबुक मेमोरी भनेर भन्छौं । आफ्नो टाइमलाइनमा मेमोरी व्यवस्थित गर्न तपाईंले मोबाइल एप र वेब पेज दुवैको प्रयोग गर्न सक्नुहुन्छ ।
वेबमा मेमोरी नियन्त्रण:
- वेब ब्राउजरमा फेसबुक खोलेर स्क्रिनको बायाँपट्टि भएको ‘Memories’ मा क्लिक गर्नुहोस्
- स्क्रिनको बायाँ पट्टि नोटिफिकेसन सँगै ‘hide people’ र ‘hide date’ भन्ने अप्सन देखिन्छ ।
:no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_asset/file/22788159/Screen_Shot_2021_08_17_at_2.42.55_PM__1_.png)
- नोटिफिकेसनमा गएर यस्तो मेमोरीको नोटिफिकेसन दिनमा एक चोटी मात्र पाउने कि मेमोरीको हाइलाइट मात्र पाउने अथवा कुनै पनि नोटीफिकेसन नपाउने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ
- त्यस्तै हाइड पिपुलमा गएर केही व्यक्तिहरूको मेमोरी र हाइड डेटमा गएर केही मितिको मेमोरी नदेखिन बनाउन सक्नुहुन्छ
मोबाइल एपमा मेमोरी नियन्त्रण:
- फेसबुक ओपन गर्नुहोस् ।
- यदि तपाईं एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने स्क्रिनको माथि दायाँतर्फ र आईओएस प्रयोग गर्नुहुन्छ भने स्क्रिनको तल दायाँतर्फ रहेको मेन्यु आइकनमा क्लिक गर्नुहोस् ।
- अब ‘मेमोरिज’ मा क्लिक गर्नुहोस ।
- स्क्रिनको दाँयापट्टि देखिएको सेटिङको आइकनमा जानुहोस् ।
- त्यहाँ वेबमा जस्तै नोटिफिकेसन बन्द गर्ने वा दिनमा एकपटक मात्र देखिने वा केही सीमित मेमोरीको मात्र नोटिफिकेसन देखिने अप्सनहरू हुन्छ । आफ्नो आवश्यकता अनुसार अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यस्तै नोटिफिकेसनभन्दा तल ‘हाइड मेमोरिज’ अन्तर्गत ‘पिपुल’ र ‘डेट’ भन्ने अप्सनमा गएर मान्छे वा मिति अनुसार मेमोरी रोक्न सक्नुहुन्छ ।
:no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_asset/file/22788185/Screenshot_20210817_144705.png)
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
