काठमाडाैं । फेसबुकमा दिनदिनै मेमोरीमा आफ्ना पुराना पुराना तस्वीरहरू आउने गरेको याद गर्नुभएको छ ? कतिले त आफैंले पुराना मेमोरीहरू हेर्ने पनि गर्छन् । तर कतिलाई भने यो मेमोरी भन्ने फिचर नभइदिए हुन्थ्यो भन्ने पनि लाग्नसक्छ ।
फेसबुकमा मात्र होइन, गुगल फोटोमा पनि हरेक दिन मेमोरीमा हाम्रा पुराना तस्वीरहरू आइरहेका हुन्छन्, जसमा हाम्रा यादगार पलहरु समेटिएका हुन्छन् ।
यस्ता संकलनहरू देखिँदा हामीलाई आफू अति सुन्दर जीवन बाँचिरहेका छौं भन्ने अनुभूति हुन्छ । तर कहिले काहिँ यसरी सञ्चित हुने मेमोरीमा अप्रिय घटना पनि समेटिन सक्छ, जसलाई तपाईं सम्झन चाहनुहुन्न ।
यस्तो अवस्थाका लागि गुगल फोटो र फेसबुकले मेमोरीहरूलाई व्यवस्थापन गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
फेसबुकमा मेमोरी नियन्त्रण गर्ने तरिका
फेसबुकले ‘अन दिस डे’ फिचर सुरु गरेको केही महिनामा नै व्यक्ति र मिति फिल्टर गर्न मिल्ने व्यवस्था ल्याएको थियो, जसलाई हाल हामी फेसबुक मेमोरी भनेर भन्छौं । आफ्नो टाइमलाइनमा मेमोरी व्यवस्थित गर्न तपाईंले मोबाइल एप र वेब पेज दुवैको प्रयोग गर्न सक्नुहुन्छ ।
वेबमा मेमोरी नियन्त्रण:
वेब ब्राउजरमा फेसबुक खोलेर स्क्रिनको बायाँपट्टि भएको ‘Memories’ मा क्लिक गर्नुहोस्
स्क्रिनको बायाँ पट्टि नोटिफिकेसन सँगै ‘hide people’ र ‘hide date’ भन्ने अप्सन देखिन्छ ।
नोटिफिकेसनमा गएर यस्तो मेमोरीको नोटिफिकेसन दिनमा एक चोटी मात्र पाउने कि मेमोरीको हाइलाइट मात्र पाउने अथवा कुनै पनि नोटीफिकेसन नपाउने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ
त्यस्तै हाइड पिपुलमा गएर केही व्यक्तिहरूको मेमोरी र हाइड डेटमा गएर केही मितिको मेमोरी नदेखिन बनाउन सक्नुहुन्छ
मोबाइल एपमा मेमोरी नियन्त्रण:
फेसबुक ओपन गर्नुहोस् ।
यदि तपाईं एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने स्क्रिनको माथि दायाँतर्फ र आईओएस प्रयोग गर्नुहुन्छ भने स्क्रिनको तल दायाँतर्फ रहेको मेन्यु आइकनमा क्लिक गर्नुहोस् ।
त्यहाँ वेबमा जस्तै नोटिफिकेसन बन्द गर्ने वा दिनमा एकपटक मात्र देखिने वा केही सीमित मेमोरीको मात्र नोटिफिकेसन देखिने अप्सनहरू हुन्छ । आफ्नो आवश्यकता अनुसार अप्सनमा क्लिक गर्नुहोस् ।
त्यस्तै नोटिफिकेसनभन्दा तल ‘हाइड मेमोरिज’ अन्तर्गत ‘पिपुल’ र ‘डेट’ भन्ने अप्सनमा गएर मान्छे वा मिति अनुसार मेमोरी रोक्न सक्नुहुन्छ ।