close

सस्तो मूल्यमा रियलमीको टेकलाइफ ब्राण्ड ‘डिजो’ का उत्पादन नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ २८, २०७८ ११:२५

सस्तो मूल्यमा रियलमीको टेकलाइफ ब्राण्ड ‘डिजो’ का उत्पादन नेपाली बजारमा

काठमाडौं । रियलमीको टेकलाइफ इकोसिस्टम अन्तर्गत रहेको ‘डिजो’ ब्राण्डका उत्पादन नेपाली बजारमा भित्रिएको छ । नेपालमा पशुपति ट्रेड लिंक प्रालिले यसलाई भित्र्याएको हो ।

नेपालमा विद्यमान प्राविधिक असमानताको बाधालाई तोड्ने र आमउपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै डिजो ब्राण्डका उत्पादन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डिजोका उत्पादन औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्सका साथ बजारमा भित्रिएका छन् । यी उत्पादनले रियलमीसँग सम्बन्धित एप्लिकेसनसँग राम्ररी काम गर्ने जनाइएको छ ।

डिजोले सबैभन्दा बढी प्राथामिकता एआईओटीमा आधारित उत्पादनलाई दिएको छ, जसले उपभोक्ताको दैनिक जीवनलाई सरल बनाउन सहयोग पुर्‍याउने जनाइएको छ ।

त्यसैका आधारमा कम्पनीले स्मार्ट इन्टरटेनमेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिज गरी चार फरक सेगमेन्टमा काम गरिरहेको छ ।

यसैक्रममा कम्पनीले डिजो ब्राण्डकाे फिचर फोनको रुपमा ‘स्टार ३००’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइनका साथ आएको उक्त फोनमा १.७७ इन्चको डिस्प्ले रहेको छ । जसमा २५५० एमएएचको ब्याट्री रहेको छ ।

त्यस्तै कम्पनीले स्टार ५०० पनि सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन युक्त उक्त फोनमा २.८ इन्चको डिस्प्ले रहेको छ । १९०० एमएएचको ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार डिजो स्टार ३०० को मूल्य दुई हजार ७८, डिजो स्टार ५०० को मूल्य २ हजार ८ सय ७८ रहेको छ ।

यसका साथै कम्पनीले एआईओटी ‘गो पड्स’, ‘गो पड्स डी’ र स्मार्ट वाच पनि सार्वजनिक गरेको छ । गो पड्सको मूल्य ६ हजार ६९ रुपैयाँ, गो पड्स डीको मूल्य दुई हजार ८९९ र स्मार्ट वाचको मूल्य ६ हजार ४६४ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१