close

युट्युवले किन हटायो ७० लाख अकाउन्ट ?

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ १६:४७

युट्युवले किन हटायो ७० लाख अकाउन्ट ?

काठमाडौं । युट्युवले लाखौं अकाउन्ट हटाएको छ । सन् २०२१ सुरू भएपछि नौ महिनाको अविधमा युट्युवले ७० लाखभन्दा बढी युट्युव अकाउन्ट हटाएको हो ।

बालबालिकासँग सम्बन्धित रहेका भिडिओ कन्टेन्ट हानिकारक भएको भन्दै त्यससँग सम्बन्धित अकाउन्ट हटाइएको कम्पनीले जनाएको छ । यो विषयमा युट्युवले अमेरिकी कंग्रेसलाई जानकारी दिने योजना बनाएको छ ।

युवामाझ लोकप्रिय बनिरहेको युट्युवले बालबालिकामाथि भने नकारात्मक प्रभाव पारेको टिप्पणी बढेको छ । धेरै निकायले यस विषयमा युट्युवलाई ध्यानकर्षणसमेत गराउँदै आएका छन् ।

युट्युवले केही समयअघि गरेको एक अध्ययनमा बालबालिकासम्बन्धी सामग्री (किड्स कन्टेन्ट) सबैभन्दा धेरै हेरिएका भिडिओ सामग्रीको क्याटेगोरीमा देखिएको थियो ।

युट्युवले आफ्नो नीति विपरीतका अकाउन्ट स्वतः हटाउन छुट्टै प्रविधिको विकाससमेत गरेको छ । यसकारण ९ महिनामै लाखौं युट्युव अकाउन्ट कारबाहीमा परेका छन् ।

कम्पनीले यो वर्षको अन्त्यसम्म थप ३० लाख युट्युव अकाउन्ट पनि हट्ने जनाएको छ । युट्युवमा हाल दुई अर्बभन्दा बढी युट्युव अकाउन्ट रहेका छन् ।

बालबालिकालाई संलग्न गराउने विभिन्न स्क्यान्डलका कारण युट्युव आलोचनामा परेको छ ।

युट्युवको नीति अनुसार युट्युवमा अकाउन्ट चलाउन १३ वर्षको उमेर पुरा हुनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१