close

जुमको फ्रि अकाउन्टमा यसरी प्रयोग गर्नुहोस् ‘अटो क्याप्सन’ सुविधा

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ ८:१८

जुमको फ्रि अकाउन्टमा यसरी प्रयोग गर्नुहोस् ‘अटो क्याप्सन’ सुविधा

काठमाडौं । भिडिओ कन्फ्रेन्सिङ एप जुमले आफ्नो प्लेटफर्मका फ्रि अकाउन्टका लागि अटो जेनेरेटेड क्याप्सन फिचर सार्वजनिक गरेको छ ।

कम्पनीले गत सोमबार यो सेवालाई प्रभावकारी बनाउन निःशुल्क फिचर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यसअघि जुमले यो फिचर पेड अकाउन्टका लागि मात्र उपलब्ध गराएको थियो ।

तत्कालका लागि क्याप्सनहरू अङ्ग्रेजी भाषामा उपलब्ध हुनेछन् । चाँडै नै अन्य भाषामा पनि क्याप्सन राखिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सहज रुपमा जुम मिटिङमा सबैलाई समावेश गर्नका लागि यो फिचरको आवश्यकता रहेको कम्पनीकी प्रडक्ट मार्केटिङ म्यानेजर थेरेसा लार्किनले बताएकी छिन् ।

लार्किनका अनुसार उपयुक्त फिचरहरू उपलब्ध नहुँदा भिडिओ कम्युनिकेसनमा अपाङ्गता भएका प्रयोगकर्ताहरूले सास्ती बेहोर्नुपरेका कारण यो फिचर ल्याइएको हो ।

यसअघि जुमले पेड अकाउन्टका लागि एआई-संचालित लाइभ ट्रान्सक्रिप्सन जारी गरेको थियो । जसले माहामारीको समयमा जुम कलको सर्वव्यापितामा कान कम सुन्ने जुम प्रयोगकर्तालाई सीमित गरिदिएको भन्दै आलोचना भएको थियो ।

अटो क्याप्सन नहुँदा जुम मिटिङ होस्टहरूले तेस्रो पक्षले उपलब्ध गराएको (थर्ड पार्टी क्याप्सन सर्भिस) सेवा प्रयोग गर्नुपर्थ्यो, अथवा म्यानुअल रुपमा आफ्नै क्याप्सन थप्न पर्थ्यो ।

गतवर्ष मात्रै कम्पनीहरूले केही थप विकल्पहरू थपेको थियो, जसमा स्क्रिन रिडरका लागि सपोर्ट र एकै समयमा धेरै भिडिओ हेर्न मिल्ने र कलमा अर्को प्रयोगकर्ता बोलिरहेको बेलामा पनि सांकेतिक भाषा अनुवादक देख्न मिल्ने व्यवस्था रहेको थियो । 

यसरी इनेबल गर्नुहोस् अटो क्याप्सन

  • सबैभन्दा पहिले जुम वेब पोर्टलमा साइनईन गर्नुहोस् ।
  • स्क्रिनको देब्रेतिर थोरै स्क्रोल गरेर तलपट्टि गरेको अकाउन्ट म्यानेजमेन्ट क्लिक गरेर त्यहाँ उपलब्ध अकाउन्ट सेटिङमा क्लिक गर्नुहोस् ।
  • मिटिङ अन्तर्गत रहेको ईन-मिटिङ (एड्भान्स) अप्सनमा क्लिक गर्नुहोस् ।
  • स्क्रिनलाई थोरै तल स्क्रोल गरेछि तपाईंले ‘क्लोज्ड क्याप्सनिङ’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ एउटा म्यासेज पपअप हुन्छ । पपअप भएको म्यासेजले तपाईंसँग सो फिचर इनेबल गर्न अनुमति माग्छ । सो म्यासेजमा ‘इनेबल’ अप्सनमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१