close

क्वालकम स्न्यापड्रागन ८९८ प्रयोग गर्ने पहिलो स्मार्टफोन बन्दै ‘साओमी १२’

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ १०:२

क्वालकम स्न्यापड्रागन ८९८ प्रयोग गर्ने पहिलो स्मार्टफोन बन्दै ‘साओमी १२’

काठमाडमैं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो फ्ल्यागशिप फोन ‘साओमी मि१२’ मा स्न्यापड्रागन ८९८ प्रयोग गर्ने भएको छ । योसँगै साओमीको यो फोन स्न्यापड्रागन ८९८ प्रयोग गर्ने पहिलो स्मार्टफोन बन्नेछ ।

डिजिटल च्याट स्टेशनले हालै अनलाइनमा लिक गर्दै यो तथ्य खुलासा गरेको हो । क्वालकमको फ्ल्यागशिप प्रोसेसरको रुपमा अर्को महिना स्न्यापड्रागन ८९८ सार्वजनिक हुने अनुमान छ ।

बाहिरिएका खबरअनुसार यो चिपले पूर्ववर्ति स्न्यापड्रागन ८८८ भन्दा १५ प्रतिशत र ८८८ प्लस भन्दा ५ प्रतिशत उच्च प्रदर्शन गर्नेछ ।

क्वालकमले प्राय फ्ल्यागशिप चिप हरेक वर्षको डिसेम्बर महिनामा सार्वजनिक गर्ने गरेको छ । नयाँ उत्पादन पनि डिसेम्बरको पहिलो हप्तातिर सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

क्वालकमको नयाँ प्रोसेसरको जीपीयू उल्लेख्य रुपमा परिष्कृत भएर आउने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५