काठमाडौं । फेसबुक अकाउन्ट कुनै कारणवश लक वा बन्द भयो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि फेसबुकमा रिपोर्ट पठाउनुहुन्छ । तर तपाईंको रिपोर्टबारे फेसबुकले तुरुन्त रिभ्यु गर्दैन ।
अब भने फेसबुकमा नयाँ फिचर आउने भएको छ । अकाउन्ट लक भएको अवस्थामा पनि फेसबुकसँग लाइभ च्याट गर्न सकिने गरी याे सुविधा सुरू हुन लागेको हाे ।
कम्पनीले अंग्रेजी भाषी प्रयोगकर्तासहित केही क्रिएटरका लागि यो फिचर उपलब्ध गराउँदै परीक्षण सुरु गरेको जानकारी दिएकाे छ ।
यसबाट असामान्य गतिविधि वा फेसबुकको नीति उल्लंघन गरेबापत अकाउन्ट लक भएका प्रयोगकर्ता वा क्रिएटरले सिधै लाइभ च्याट गर्न पाउँछन् ।
अकाउन्ट रिकभरी गर्न यो फिचर उपयोगी हुने जनाइएको छ ।