काठमाडौं । तपाईं फोटो वा भिडिओ शेयर गर्न कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ । धेरैजसोले अहिले म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता विकल्प प्रयोग गर्छन् ।
तर यी प्लेटफर्मले इमेज कम्प्रेसन टेक्निक प्रयोग गर्ने भएकाले फोटोको गुणस्तर कम हुन्छ । यसबाट तपाईं पक्कै पनि खुसी हुन सक्नुहुन्न । इमेज कम्प्रेसन टेक्निकले फोटो, भिडिओ पठाउन सहज त बनाउँछ, तर वास्तविक फोटोको तुलनामा निकै गुणस्तर घटेको हुन्छ ।
टेलिग्राममा भने तपाईं फोटो कम्प्रेसनको चिन्ता लिनुपर्दैन । फाइलहरु ठूलो भयो भनेर पनि चिन्ता लिनुपर्दैन । २ जीबीसम्मको फाइल सजिलैसँग पठाउन सक्नुहुन्छ ।
टेलिग्रामको हाई सेक्युरिटी प्रोटोकलले गर्दा तपाईंले आफ्ना मिडिया फाइल निजी राखिराख्नु पर्दैन । अनलिमिटेड स्टोरेजका लागि टेलिग्राम क्लाउड स्टोरेजमार्फत फाइल शेयरिङ पनि गर्न सकिन्छ ।
टेलिग्रामबाट कम्प्रेस नगरी कसरी फोटो पठाउने ?
१. मोबाइलमा टेलिग्राम एप खोल्नुहोस् ।
२. च्याटमा, म्यासेज बक्सको दाँया छेउमा रहेको अट्याचमेन्ट आइकनमा क्लिक गर्नुहोस् ।
३. पठाउन चाहेको फोटो/ फाइल छान्नुहोस् ।
४. फोटोको छेउमा भएको तीन थोप्ला वाला आइकन छान्नुहोस् ।
त्यसपछि ‘सेन्ड विथआउट कम्प्रेसन’ मा क्लिक गर्नुहोस, अनि फोटो पठाउनुहोस् ।
यसरी टेलिग्रामबाट कुनै पनि फोटो बिना कम्प्रेसन पठाउन सक्नुहुन्छ ।