close

फोरके क्वालिटीमा टिभी हेर्न साओमीले ल्यायो नयाँ टिभी स्टिक

टेकपाना टेकपाना

पुस ३, २०७८ १०:३६

फोरके क्वालिटीमा टिभी हेर्न साओमीले ल्यायो नयाँ टिभी स्टिक

काठमाडौं । साओमीले केही वर्षदेखि एन्ड्रोइड टिभी डिभाइस उत्पादन गर्दै आएको छ । कम्पनीले बजारमा मि बक्स सिरिजदेखि सूस्तो मूल्यका मि टिभी स्टिक उपलब्ध गराइरहेको छ ।

यसैबीच कम्पनीले टिभी स्टिकको पछिल्लो संस्करण विश्वबजारमा उपलब्ध गराउने भएकाे छ । ‘साओमी टिभी स्टिक फोरके’ नाम दिइएको यो उत्पादन हालै कम्पनीको ग्लोबल वेबसाइटमा देखापरेको छ ।

एन्ड्राेइड टिभी ११ सपाेर्ट गर्ने याे टिभी स्टिकको बहुप्रतिक्षित फिचर भनेको फोरके सपोर्ट हो । यो टिभी स्टिकको अधिकतम रेजोलुसन १०८० पिक्सेल पुगेसँगै फोरके टिभिलाई अझ स्तरीय बनाउने कम्पनीको भनाइ छ ।

त्यसैगरी यसमा विगतको मि टिभि स्टिकको जस्तै फिजिकल रिमोट पनि आउनेछ । यसमा नेटफ्लिक्स र अमेजन प्राइम भिडियो बटनहरू उपलब्ध हुनेछन् ।

यद्यपि यी फिचर ठाउँअनुसार फरक पर्ने कम्पनीले जनाएकाे छ । रिमोटमा भ्वाइस कमान्डका लागि गुगल असिस्टेन्ट बटनसमेत समावेश छ ।

बजारमा केही सस्तो मूल्यमा आउने चर्चा गरिएपनि यसको आधिकारिक मूल्यबारे कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२