close

इन्टेलले ल्यायो ५.५ गिगाहर्जसम्म पावर प्रदान गर्ने सीपीयू

टेकपाना टेकपाना

पुस २३, २०७८ ७:२१

इन्टेलले ल्यायो ५.५ गिगाहर्जसम्म पावर प्रदान गर्ने सीपीयू

काठमाडौं । इन्टेलले एउटै कोरमा ५.५ गिगाहर्ज सपोर्ट गर्ने ट्वेल्भ्थ जेनरेशनको डेक्सटप सीपीयू सार्वजनिक गरेको छ । कम्पनीले स्पेनमा आयोजना भइरहेको सीईएस २०२२ मार्फत यसलाई सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार केएस–सीरिजको यो सीपीयू यही त्रैमासको अन्त्यमा बजारमा उपलब्ध हुनेछ । तर, कम्पनीले यसको मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।

कोर आई९–१२९००केएस नाम दिइएको यो सीपीयू लिमिटेड इडिशनमा उपलब्ध हुने जनाइएको छ । त्यसैले पनि सीपीयूको नामको अन्त्यमा ‘एस’ राखिएको जनाइएको छ । ‘एस’ को अर्थ लिमिटेड इडिशन भन्ने जनाउ दिइएको उल्लेख छ ।

कम्पनीका अनुसार यसले सिंगल कोरमै ५.५ गिगाहर्जसम्म पावर प्रदान गर्नेछ ।

यसअघि कम्पनीले ५.२ गिगाहर्ज सम्मको पावर प्रदान गर्ने सीपीयू बजारमा ल्याएको थियो । जति सीपीयूको पावर बढ्दै जान्छ, त्यति नै कम्प्युटरको प्रोसेसरको क्षमता पनि बढ्दै जाने हुँदा सानो अन्तरले पनि निकै ठूलाे महत्व राख्ने गरेको छ ।

कम्पनीले यसका लागि कस्तो खालको कुलिङ सिस्टमको आवश्यक पर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५