close

अन्तरिक्षमा लगिँदै ‘अलेक्जा’

टेकपाना टेकपाना

पुस २३, २०७८ १०:५३

अन्तरिक्षमा लगिँदै ‘अलेक्जा’

काठमाडौं । अमेरिकी निकाय नासाले भ्वाइस असिस्टेन्ट ‘अलेक्जा’ को अन्तरिक्षमा परीक्षण गर्ने भएको छ । परीक्षणसँगै अजेक्जा अन्तरिक्षमा प्रयोग हुने पहिलो भ्वाइस असिस्टेन्ट हुनेछ । 

२०२२ को अन्त्यतिर प्रक्षेपण हुने ‘आर्टिमिस फस्ट मिसन’ सँगै अलेक्जालाई अन्तरिक्षमा लगिने नासाले जनाएको छ । उक्त अन्तरिक्ष यान मानव विहीन हुने बताइएको छ । 

यो यानमा भएको अलेक्जा अन्य अलेक्जा भन्दा फरक हुनेछ । यानमा जाने अलेक्जासँग अन्तरिक्ष यानमा भएको डेटाहरूमा पहुँच हुनेछ भने यसले सो मिसनसँग सम्बन्धित हजारौँ प्रश्नहरूको जवाफ पनि दिनेछ । यस्तै, अलेक्जाबाट नै यानको विभिन्न उपकरण पनि नियन्त्रण गरिनेछ । यसको लागि अमेजनले अलेक्जामा विभिन्न फिचर राख्ने काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५