close

आइकु ९ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

फागुन १२, २०७८ ९:५२

आइकु ९ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भिभोको सहायक ब्राण्ड आइकुले हालै आइकु ९ सिरिज सार्वजनिक गरेको छ । गेमिङ पारखीका लागि लक्षित गर्दै कम्पनीले आइकु ९ र आइकु ९ प्रो सार्वजनिक गरेको हो ।

आइकु ९ प्रोमा एट जेनेरेशन वान प्रोसेसरको स्न्यापड्रागन, १२ जिबीसम्म र्‍याम, ४७०० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै १२० हर्जसहित ६.७८ इन्च ओएलईडी डिस्प्ले छ ।

फोनमा ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, १६ मेगापिक्सेलको पोट्रेट क्यामेरा र गिम्बल स्टाइल स्टेबेलाइजेशनका लागि ५० मेगापिक्सेलको मेन सेन्सर छ ।

साथै १२० वाटको केबल र ५० वाटसम्मको वायरलेस चार्जिङबाट फोन चार्ज गर्न सकिन्छ । त्यस्तै आइकु ९ मा स्न्यापड्रागनको ८८८ प्लस प्रोसेसर, ४३५० एमएएचको ब्याट्री र १२० हर्जको डिस्प्ले सहित ६.५६ इन्च ओएलईडी स्क्रिन समावेश छ ।

४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १३ मेगापिक्सेलको पोट्रेट क्यामेरा भएको फोनले १२० वाटको चार्जर सपोर्ट गर्ने बताइएको छ ।

आइकु ९ प्रो जस्तो यसमा वायरलेस चार्जिङको विकल्प भने छैन । आइकु ९ र ९ प्रो एन्ड्रोइड १२ मा आधारित भिभोको फनटच अपरेटिङ सिस्टम १२ को सहायताले चल्नेछन् ।

८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको आइकु ९ प्रोको मूल्य भारतमा ६४ हजार ९९० रूपैयाँ र १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको आइकु ९ प्रोको मूल्य ६९ हजार ९९० पर्नेछ ।

त्यस्तै ८ जीबी र्‍याम र १२८ जिबी स्टोरेज भएको आइकु ९ को मूल्य भारतमा ४२ हजार ९९० र १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको आइकु ९ को मूल्य ४६ हजार ९९० रूपैयाँ पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३