close

किन फैलिइरहेका छन् टिकटकमा भ्रामक कन्टेन्ट ?

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १२:१८

किन फैलिइरहेका छन् टिकटकमा भ्रामक कन्टेन्ट ?

काठमाडौं । अरबौँ प्रयोगकर्ता भएको टिकटकमा दिनानुदिन विभिन्न पक्षमा भ्रामक सूचना फैलिरहेका छन् । विशेषगरी युद्धका समयमा भ्युज र चर्चाका लागि विभिन्न देशको थुप्रै पक्षलाई समेटी बनाइएका कन्टेन्टले देशलाई मानिसहरूमा डर सिर्जना गरेको बीबीसीले उल्लेख गरेको छ ।

टिकटकमा हाल २ अर्ब ६० करोडभन्दा बढी पटक डाउनलोड भएको टिकटकमा ३० वर्षभन्दा कम उमेर समूहका मानिसको सख्या कूल सक्रिय प्रयोगकर्ताको आधा छ ।

जो दैनिक जसो विश्वव्यापी रूपमा घटिरहेका द्वन्द्वसँग जानकार छन् । त्यस्तै टिकटकका माध्यमबाट फैलिने भ्रामक सूचनाले हनीहरूको मानसिकतामा गम्भीर प्रभाव पारेको छ ।

न्यजगार्डले गरेको खोज अनुसार टिकटकमा जति पनि नयाँ प्रयोगकर्ता थपिन्छन्, उनीहरूलाई सुरुवातीमा युक्रेनको युद्धसम्बन्धी बनाइएका भ्रामक भिडिओ सुझावका रूपमा उनीहरूमाझ पुर्‍याइन्छ ।

यद्यपि फेसबुक, इन्स्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालले त्यस्ता सामग्रीलाई पत्ता लगाई छोटो समयमा गलत सूचनाका रूपमा लेबल गरेका हुन्छन् । तर, टिकटकमा भने त्यसो गरेको पाइँदैन । टिकटकमा झुटा सूचनाहरू कसरी तीब्र गतिमा धेरैमाझ पुग्छन् वा फैलिन्छन् भनी बीबीसीले एक अध्ययन गरेकाे छ ।

नक्कली लाइभ स्ट्रिम

रुस र युक्रेनबीच युद्ध सुरु भएकै दिनबाट टिकटकमा नक्कली लाइभ स्ट्रिमको बिगबिगी छ । त्यस्ता भिडिओले करोडौँ भ्युज समेत पाइसकेका छन् । कतिपय प्रयोगकर्ताहरू कुनै भिडिओ गेम अथवा सिनेमाको सिन लिएर एडिट गरी त्यसलाई साँच्चिकै जस्तो बनाउँछन् ।

त्यस्ता भिडिओहरूमा प्रायः होहल्ला, बम विस्पोट, आगलागीका सिनहरू समावेश हुन्छन् । जसले गर्दा त्यस्ता सामग्रीमा अन्य प्रयोगकर्ताको आकर्षण तीव्र गतिले बढ्छ । उनीहरूकोमा लाइक र फलोअर बढ्छ । अनि त्यसपछि सुरु हुन्छ उनीहरूको असली धन्दा ।

उनीहरूले यस्ता सामग्री बनाएका हुन्छन्, जसले गर्दा सर्वसाधारण व्यक्तिलाई तिनै कन्टेन्टहरू आधिकारिक र सत्य हुन् भन्ने भ्रम पर्छ । त्यही विषयको फाइदा उठाउँदै उनीहरू सहयोगका लागि दान माग्छन् । त्यस्तै एउटा च्यानलको एक भ्रामक भिडिओमा मध्य मार्चसम्म करिब तीन करोड भ्युज पुगेको थियो ।

त्यस लाइभ भिडिओमा प्रयोग भएका केही सिनहरू २०१७ मा युट्यवमा अपलोड गरिएको युक्रेन सैनिकको तालिमको भिडिओबाट लिइएको थियो । त्यस्तै त्यस भिडिओमा प्रयोग भएको बन्दुकको आवाज यति पर्ख्यात् बन्यो कि त्यो १३ हजारभन्दा बढी पटक प्रयोग भएको थियो ।

लाइभमा विभिन्न त्यस्ता सामाग्री देखाउँदा अन्य प्रयोगकर्ताले सहयोगका रूपमा टिकटक पोइन्ट्सहरू दिने गर्छन्, जसलाई पछि नगदमा साँट्न सकिन्छ । गलत सूचना सम्बन्धी भिडिओहरू विशेषगरी पैसा पाउने आशले नै बनाउने गरेका हुन्छन् । टिकटकको गिफ्ट दिने सिस्टमले केहीलाई सहयोग गरेको भए पनि धेरैले मिथ्या सूचना फैलाएर पैसा मागिरहेका हुन्छन् ।

टिकटकमा प्रायः ह्यासट्याग युक्रेन र युक्रेनवार प्रयोग गरी अपलोड गरिएका भिडिओमा मिथ्या सूचना फैलाएको प्रष्ट देखिन्छ । यस्ता भिडिओ बनाउन प्रयोगकर्ताले विभिन्न माध्यमको सहयोग गर्छन् । त्यसमध्य केही तल उल्लेख गरीएका छन् ।

१. भिडिओ गेम

युद्ध वा द्वन्द्व हुने प्रायः कम्पयुटर तथा मोबाइल गेमहरू त्यस्ता प्रयोगकर्ताको रोजाइमा पर्ने गर्छन् । उदाहरणका लागि उनीहरू अर्मा ३ (Arma 3), कल अफ ड्युटी (Call of Duty) जस्ता गेमका क्लिपहरू प्रयोग गर्ने गर्छन् ।

२. युद्ध सम्बन्धी पुराना भिडिओहरू

पुराना घटनाक्रमहरू धेरैले बिर्सिसकेका हुन्छन् । त्यसैले प्रसंग अनुसार त्यस्ता भिडिओलाई अहिलेको अवस्थामा मिलाएर राख्दा मानिसहरूलाई अहिलेको नै होकि भन्ने भ्रम जान्छ ।

त्यसैको फाइदा उठाउँदै केही टिकटक क्रियटरले त्यस्ता भिडिओलाई आफ्नो मसला बनाएका हुन्छन् । यसमा पुराना युद्धका क्लिपहरू वा कुनै सिनेमाका काल्पनिक सिनहरू बढी प्रयोग गरेको पाइन्छ ।

३. सीमित पारदर्शिता

फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटा जस्तै टिकटकले स्वतन्त्र फ्याक्ट चेकर अलबेइटसँग थोरै मात्रामा सहकार्य गरेको छ । जसले गर्दा जसरी फेसबुक र इन्स्टाग्रामले गलत र भ्रामक सूचनालाई गलत भनी लेबल गर्छन् त्यसरी टिकटकले गर्दैन ।

त्यसैले यस प्ल्याटफ्रममा मिथ्या सूचनाहरू धेरै फैलिरहेका हुन्छन् । युक्रेनको युद्धका सन्दर्भमा मात्र नभइ देशका विभिन्न घटनाक्रमलाई मानिसहरूले भ्रामक सूचना बनाई फैलाइरहेका हुन्छन् ।

कुनै नेताका भाषणहरूलाई काटेर गलत अर्थ लाग्ने बनाई प्रसारण गरेका थुप्रै घटना देखिरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२