close

तपाईंको कम्प्युटर अरू कसैले चलाइरहेको त छैन ?

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १९:१६

तपाईंको कम्प्युटर अरू कसैले चलाइरहेको त छैन ?

काठमाडौं । तपाईंले आफ्नो गुगल अकाउन्टमार्फत के कस्ता साइट लगईन गर्नुहुन्छ ? कतै ती साइटले तपाईंको डिभाइसलाई ट्रयाक त गरेका छैनन् ।

साइनईन गर्दादेखि नै एडहरुमा झुक्किएर क्लिक गर्दा कतै तपाइको डिभाइसमा मालवेयर त इन्जेक्ट भएको त छैन ?

यदि मालवेयर छिरेको छ भने तपाईंको डिभाइसमा तपाईंले के के गर्नुहुन्छ, ती सबै डेटा अन्त कतै स्टोर भएको हुनसक्छ । तपाईंको कम्प्युटरमा जासुसी भएको छ छैन कसरी थाहा पाउन सकिन्छ भन्नेबारे आज हामी चर्चा गर्दैछौं ।

मालवेयर विभिन्न रुपमा तपाइर्कों डिभाइसमा छिर्नसक्छ । स्पाइवेयर मालवेयर वास्तवमा तपाईंको डिभाइसमा लुकेर बसेको हुन्छ । यसले तपाईंको कम्प्युटरमा भएको सबै लगईन, भिडिओ कल, ईमेल स्टोर गरेर राख्नसक्छ ।

यस्ता मालवेयर इन्जेक्ट भएको छ छैन भनेर थाहा पाउने तरिका तपाईंको टास्क म्यानेजर हो । टास्क म्यानेजरमा तपाईंको डिभाइसमा चलेका सबै प्रोग्राम देखाउँछ ।

ती प्रोग्रामको आधारमा तपाईंले डिभाइसमा कुनै पनि शंकास्पद प्रोग्राम रन भएको पाएमा सो प्रोग्रामलाईं रोक्न सक्नुहुन्छ ।

विन्डोजमा Ctrl +Shift + Esc की प्रेस गरेर टास्क म्यानेजर खोल्नुहोस् । त्यसपछि  ब्याकग्राउण्डमा चलेका प्रोसेस हेर्नुहोस् ।  त्यहामध्ये कुनै पनि प्रोसेस शंकास्पद लागेमा त्यसलाई बन्द गर्न सक्नुहुन्छ । 

तपाईंले सुरु नै नगरेको प्रोसेस आफैं सुरु भएको छ भने मालवेयर इन्जेक्ट भएको बुझ्नुपर्छ । त्यस्ता प्रोसेसलातपाई तुरुन्तै इन्ड गर्नुहोस् ।   

तपाईंको कम्प्युटरमा भाइरस डिटेक्ट भएपछि निम्न सुरक्षित रहन निम्न प्रक्रिया अपनाउनुहोस् ।  

१.  भाइरस स्क्यानर इन्स्टल गरेर जाँच गर्नुहोस्

एन्टीभाइरस सफ्टवेयर राखेर भाइरस भए/नभएको जाँच गर्नुहोस् ।  

२.  इन्टरनेटबाट डिस्कनेक्ट हुनुहोस्

तपाईंको डिभाइसमा भाइरस इन्जेक्ट भएको थाहा पाएपछि त्यसलाई थप फैलिन नदिन इन्टरनेटबाट बाहिरिनुहोस् । यसले पूर्ण रुपमा भाइरसलाइ फैलन नरोके पनि भाइरस भएको प्रोग्रामले डिभाइसलाई थप नोक्सान हुनबाट बचाउँछ । 

३. डिस्क क्लिन अप गर्नुहोस्।  

 तपाईंको कम्प्युटरको डिस्क क्लिन गरेपछि भाइरसयुक्त सबै फाइलहरु क्लिन हुन्छन् ।  

-यसका लागि सर्च बक्समा Disk Cleanup सर्च गर्नुहोस् ।  

-त्यसपछि रिजल्ट लिस्टबाट Disk Cleanup सेलेक्ट गर्नुहोस् ।  

-ड्राइभ छनोट गरेर ok प्रेस गर्नुहोस् ।  

४. कम्प्युटर रिबुट गरेर सेफ मोड ट्रिगर गर्नुहोस् ।  

यसले तपाईंको विन्डोजमा सीमित ड्राइभर र फाइलको प्रयोग गर्छ । भाइरस हटाउँदै गर्दा यो मोडले तपाईंको डिभाइसलाई सुरक्षित राख्ने काम गर्छ ।  

-यसका लागि Windows logo + R  की प्रेस गर्नुहोस् ।  

-msconfig टाइप गरेर ok सेलेक्ट गर्नुहोस् ।  

-त्यसपछि बुट अप्सनमा गएर तला देखिने सेफ बुटलाई टिक लगाउनुहोस् ।

 अब रिस्टार्ट गरेपछि डिभाइस सेफ मोडमा चल्छ ।  

5. भाइरस स्क्यान गर्नुहोस्

कुनै पनि एन्टिभाइरसको माध्यमबाट कम्प्युटरमा भाइरस स्क्यान गर्नुहोस् । यसले तपाईंलाई मालवेयर भएका फाइलहरु कुन कुन हुन् भन्ने जानकारी दिन्छ ।  त्यस्ता फाइललाई डिलिट गरेर डिभाइस सुरक्षित राख्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२