काठमाडौं । हामी स्मार्टफोन प्रयोगकर्ताको धेरैजसो समय सामाजिक सञ्जाल, गुगल र युट्युबमा नै बितिरहेको हुन्छ । यस्ता एप उपभोक्ताको माग अनुसार परिमार्जित हुँदै गइरहेका हुन्छन् ।
आज हामी युट्युबका त्यस्ता फिचरबारे चर्चा गर्दै छौं, जुन हाम्रो दैनिक जीवनमा निकै उपयोगी हुन सक्छन् ।
१. ओरजिनल गीतको भिडिओ पत्ता लगाउने तरिका
युट्युबमा जोसुकैले पनि भिडिओ अपलोड गर्नसक्छ । यदि कसैको भिडिओ कपी गरेर राख्दा मुख्य क्रियटरले कपीराइट (आफ्नो हो भनी) दावी गरेको खण्डमा युट्युबले कपी गर्ने मान्छेको च्यानलबाट सो भिडिओ हटाइदिने गर्छ ।
तर, कतिपय अवस्थामा आधिकारिक निर्माताले कपिराइट दावी नगरेको अवस्थामा सो भिडिओ उसको च्यानलमा रहिरहन्छ । यदि हामीले मुख्य क्रियटरलाई केही हौसला मिलोस् भन्ने हेतुले भिडिओ अनाधिकारिक च्यानलमा हेरेका छौं भने क्रियटरलाई केही फाइदा हुँदैन ।
त्यस्तै अहिले एउटै भिडिओ वा गीतका भिडिओलाई विभिन्न भर्जनहरू जस्तै मिक्स्ड, कभर, वा अन्य पारिमार्जित भर्जनहरू हुन सक्छन् । त्यस्तो अवस्थामा हामीलाई मौलिक गीतहरू हेर्न रहर लागेको हुनसक्छ ।
मौलिक गीत खोज्नका लागि तपाईंले युट्युबमा सो गीतको नाम राखी पछाडि गायक/गायिकाको नाम राख्नुपर्ने हुन्छ । त्यसो गर्दा ध्यान दिनुहोस्, त्यहाँ क्रियटरले कुन भर्जन हो भन्ने कुरा उल्लेख गरेका हुन्छन् । त्यसकाे माध्यमबाट हामीले मौलिक भिडिओ पत्ता लगाउन सक्छौँ ।
२. युट्युबमा भिडिओ हेर्दा डेटा बचाउने तरिका
यदि युट्युबमा वाई-फाईका सहयताले भिडिओ हेरिँदै छ भने हामीलाई डेटा खपतको खासै वास्ता हुँदैन । तर, यदि कुनै डेटाबाट इन्टरनेट प्रयोग गरिरहेजका छौँ भने हामीलाई डेटा जोगाउन निकै आवश्यक पर्छ । युट्युबमा भिडिओ हेर्दा यसरी डेटा जोगाउन सकिन्छ ।
सबैभन्दा पहिले कुरा गरौँ भिडिओ क्वालिटीको । हामी कतिपय यस्ता भिडिओ हेरिरहेका हुन्छौं, जसमा क्वालिटीले खासै परक नपारेको होस् ।
विशेषगरी पोडकास्ट, इन्टरभ्यू, हेर्नभन्दा पनि सुन्नका लागि युट्युबमा बजाइने गीतहरूका लागि क्वालिटीले खासै केही फरक पर्दैन । त्यसैले यस्ता भिडिओ हेर्दा युट्युबमा लो क्वालिटीमा हेर्ने गरौँ । त्यसो गर्दा धेरै डेटा बचाउन सकिन्छ ।
यस्ता भिडिओहरू स्वतः लो क्वालिटीमा चलाउन सकियोस् भन्ने चाहनुहुन्छ भने यो प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले मोबाइलको युट्युब एपमा जानुहोस् ।
त्यसपछि माथि दायाँपट्टि देखाएको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङको अप्सनमा जानुहोस् ।
त्यहाँ तपाईंले भिडिओ क्वालिटी प्रिफरेन्सको अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ गएर मोबाइल नेटवर्का लागि भिडिओ क्वालिटी कस्तो राख्ने भन्ने अप्सन देखाइएको हुन्छ । त्यहाँ गएर डेटा सेभरको अप्सन छान्न सक्नुहुन्छ ।
त्यस्तै तपाईंले पहिले गए जसरी सेटिङमा जानुभयो भने त्यहाँ डेटा सेभिङ भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ गएर डेटा सेभिङ मोड एक्टिभेट गर्नुभयो बने तपाईंको डेटा खपत हुन्छ ।
३. युट्युबको लोकेसन परिवर्तन गर्ने तरिका
नेपालमा पनि भारतमा जस्तै मिडिया आतङ्क निकै फैलिरहेको छ । नेपालको ट्रेन्डिङ सेक्सन प्रायः अनावश्यक घटनाका भिडिओले भरिएको हुन्छ । यस्ता घटना आफूलाई हेर्न मन नहुँदा पनि के भएको होला भन्ने काैतूहलताले धेरैले हेर्ने गर्छ ।
त्यसैले यस्ता ट्रेन्डिङमा आउने भिडिओबाट मुक्त पाउन तपाईंले देशको लोकेसन परिवर्तन गर्न आवश्यक हुन्छ । कतिपय अवस्थामा अन्य देशको ट्रेन्डिङमा के-कस्ता भिडिओ परेका छन् भन्ने जान्नपरे पनि लोकेसन परिवर्तन गर्न आवश्यक हुन्छ ।
युट्युबमा लोकेसन परिवर्तन गर्न निम्नानुसारका प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले युट्युब एपमा जानुहोस् ।
त्यसपछि माथि दायाँपट्टि देखाइएको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् । त्यहाँ गएर जेनेरलमा ट्याप गर्नुहोस् ।
त्यसपछि त्यहाँ तल लोकेसनको अप्सन देख्न सक्नुहुछ । त्यहाँ गएर आफूलाई आवश्यक परेको देश छान्न सक्नुहुन्छ
४. स्ट्याट्स फर नर्ड्स (Stats For nerds)
यो फिचरका बारेमा सबैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले यसलाई एक्टिभेट कहाँबाट गर्न सकिन्छ भन्ने कुरा बुझौँ ।
सबैभन्दा पहिले युट्युबमा गएर माथि दाँयापट्टि रहेको तपाईंको प्रोफाइलमा क्लिक गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् । त्यहाँ गएर ‘जनरल’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसको अन्तिममा ‘इनेबल स्ट्याट्स फर नर्ड’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसलाई अन गर्नुहोस् ।
यो अन गरिसकेपछि तपाईं युट्युबको होममा जानुहोस् । त्यहाँ कुनै भिडिओलाई प्ले गर्नुहोस् । भिडियो बजिरहेको पेजको माथि सेटिङको आइकन देख्न सक्नुहुन्छ ।
त्यसमा ट्याप गर्नुभयो भने त्यसको अन्तिममा स्ट्याट्स फर नर्ड्स भन्ने अप्सन देख्न सक्नुहुनेछ । त्यहाँ ट्याप गर्नुभयो भने कुन डिभाइसमा भिडिओ हेरिरहनु भएको छ, त्यो डिभाइसको मोडेल, भिडिओको आईडी, त्यसको फर्म्याट, त्यहाँ बजेको अडिओको फर्म्याट आदि जानकारी पाउन सकिन्छ ।
५. जुम गरेर भिडिओ स्क्रिनमा फिट गर्ने तरिका
युट्युबमा कुनै पनि भिडिओ हेर्नुपर्यो भने आफ्नो आवश्यकता अनुसार भिडिओलाई जुम गरेर स्क्रिनमा फिट गर्न सकिन्छ । यदि तपाईंलाई युट्युबमा कुनै पनि भिडियो स्वतः जुम होस् भन्ने चाहनुहुन्छ भने यसरी कुनै पनि भिडिओलाई स्वतः जुम हुने बनाउन सक्नुहुन्छ ।
त्यसका लागि सबैभन्दा युट्युबमा गएर आफ्नो प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसछि सेटिङमा जानुहोस् । त्यहाँ सेटिङमा जानुहोस् ।
त्यसपछि जेनेरलमा जानुहोस् । त्यहाँ जुम टु फिल स्क्रिन (Zoom to fill screen) अप्सनलाई इनेबल गर्नुहोस् । त्यसपछि तपाईंले कुनै पनि भिडिओ प्ले गरेर गरेर फुल स्क्रिनमा प्ले गर्नुभयो भने भिडिओ स्वतः स्क्रिनमा फिट हुने गरी जुम हुन्छ ।
६. सबै च्यानलबाट नोटिफिकेसन आफूले चाहेको समयमा आउन मिल्ने बनाउने
तपाईंहरूले सब्सक्राइब गर्नुको मुख्य कारण नै सो क्रियटरबाट अर्को पटक आउने भिडिओ तपाईंलाई जानकारी होस् बन्नु हो । कतिपय अवस्थमा त्यस्ता नोटिफिकेसनले हामीलाई दिक्क लगाएका हुन्छन् ।
त्यसका लागि आफू कुन बेला युट्युबमा फुर्सद भएर एक्टिभ भइन्छ, त्यसबेला मात्र नोटिफिकेसन आओस् भन्ने धेरैको चाहना हुनसक्छ । त्यसका लागि तपाईंले तल दिइएको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
सबैभन्दा पहिले युट्युब खोलेर माथि देखाइको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
त्यहाँ गएर नोटिफिकेसन भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् । त्यसको सबैभन्दा माथि स्केड्युअल डाइजेस्ट (Schedule Digest) भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ गएर आफूलाई उपयुक्त हुने समय छानेर इनेबल गर्न सक्नुहुन्छ । त्यसो गर्दा तपाईंले आफूलाई उपयुक्त हुने समयमा युट्युबको नोटिफिकेसन देख्न सक्नुहुन्छ ।
७. निश्चित भागबाट हेर्न मिल्नेगरी भिडिओ शेयर गर्ने तरिका
विशेषगरी कसैलाई आफूले हेरेका टिप्स वा अन्य भिडिओ जसमा धेरै भूमिका बाँधिएको हुन्छ । त्यस्ता भिडिओ कुन समयबाट हेर्दा उपयुक्त हुन्छ भन्ने कुरा छानेर लिंक पठाउन सकिन्छ ।
त्यस्तै कुनै लामो अन्तर्वाता वा पोडकास्टका बीचमा रमाइलो भाग छ त्यती मात्र पठाउन पनि हुनसक्छ । कम्प्युटरमा त्यस्तो भिडिओको लिंक यसरी शेयर गर्न सकिन्छ भन्ने कुरा तलको प्रक्रियामा उल्लेख गरिएको छ ।
कम्युटरमा कुनै पनि ब्राउजरमा गई युट्युब खोल्नुहोस् । त्यसपछि आफूले पठाउन चाहेको भिडिओ खोजेर प्ले गर्नुहोस् ।
त्यसपछि त्यहाँ आफूलाई कति समयपछिको पठाउन पर्छ, त्यो टाइमसम्म भिडिओ प्ले गरेर क्रसर त्यहाँ लगि भिडिओ पज गर्नुहोस् ।
त्यसपछि शेयरको आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले अन्तिमा रहेको ‘स्टार्ट्स एट…’ भनी समय देखाइएको हुन्छ । त्यहाँबाट पनि आफूलाई उपयुक्त लागेको समय छानी त्यहाँ टिक मार्क लगाउनुहोस् ।
त्यसपछि माथि कपीको अप्सनमा क्लिक गरी लिंक कपी गर्न सक्नुहुन्छ । त्यसपछि आफूले पठाउन चाहेको व्यक्तिलाई लिंक पठाउन सक्नुहुन्छ ।
८. भिडिओमा निश्चित भाग फरवार्ड र ब्याकवार्ड गर्ने तरिका
मोबाइलमा चल्दै गरेको युट्युब भिडिओलाई तपाईँले निश्चित समय फरवार्ड र ब्याकवार्ड गरेर हेर्न सक्नुहुन्छ । चलिरहेको भिडिओको बीचभन्दा अगाडिको भाग वा पछाडिको भागमा डबल ट्याप गर्नु भयो भने पाँच सेकेन्ड ब्याकवार्ड र पाँच सेकेन्ड फर्वार्ड गर्न मिल्छ ।
यस्तोमा यदि तपाईँले छिटो छिटो गरी दुईको ठाउँमा तीन, चार, पाँच गरी जतिपटक ट्याप गर्नुहुन्छ, पाँच सेकेन्ड त्यति नै पटक गुणात्मक रुपमा फरवार्ड र ब्याकवार्ड हुने गर्दछ । तपाईँले यो पाँच सेकेन्डको ठाउँमा १०, २०, ३०, ४०, ५० वा ६० सेकेन्ड फरवार्ड र ब्याकवार्ड गर्न मिल्ने पनि बनाउन सक्नुहुन्छ ।
यसका लागि युट्युबमा माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकन हुँदै सेटिङ भएर जनरलमा जानुहोस् र ‘डबल ट्याप टु सिक’ मा पुगेर आफ्नो अनुकूलता अनुसारको समय निर्धारण गर्नुहोस् ।
९. छिटोछिटो ब्याकवार्ड र फरवार्ड गर्ने तरिका
यदि तपाईँ निश्चित समयको साटो स्वतन्त्र रुपमा छिटो छिटो फरवार्ड र ब्याकवार्ड गर्न चाहनुहुन्छ भने युट्युबमा चलिरहेको भिडिओको कुनै भागमा ‘लङ्ग प्रेस’ अथवा केही बेर थिचिराख्नुहोस् । त्यसपछि आफ्नो औँलालाई आवश्यकता अनुसार दायाँ वा बायाँतर्फ घिसार्नुहोस् ।
१०. भिडिओ मिनिमाइज र म्याक्सिमाइज गर्ने तरिका
सामान्यतया धेरै जसोले मोबाइलमा भिडिओ फुल स्क्रिन वा सानो स्क्रिनमा हेर्नका लागि दायाँ कुनामा देखिने वर्गाकार बटनको सहायता लिने गर्दछन् । तर त्यसका लागि अर्को सजिलो र स्मार्ट तरिका पनि छ । यसका लागि चलिरहेको भिडिओको बीच भागबाट औँलाले माथितर्फ धकेल्नु भयो भने स्वतः फुल स्क्रिन अर्थात म्याक्सिमाइज हुन्छ ।
यसैगरी फुल स्क्रिनमा चलिरहेको भिडिओमा औँलाले माथिबाट तलतर्फ स्वाइप अर्थात घिसार्नु भयो भने भिडिओ मिनिमाइज अर्थात सानो स्क्रिनमा खुम्चिने गर्दछ ।