काठमाडौं । तपाईंलाई कसैले कुनै अन्य भाषाका वेबसाइटमा प्रकाशित हुने लेखहरू पढ्न सुझाव दिएको हुनसक्छ । वा कतिपय अवस्थामा तपाईंले राम्रा कन्टेन्ट भएका वेबसाइट फेला पार्नुभएको हुनसक्छ, जसमा भाषा सबैभन्दा ठूलो अवरोध भएको हुनसक्छ ।
हामीलाई सामान्यतः कुनै वेबसाइटका निश्चित भाग गुगल ट्रान्सलेटरका माध्यमबाट अनुवाद गर्दा झन्झटिलो लाग्नसक्छ । वा हामीलाई वेबसाइटमा उपलब्ध सम्पूर्ण लेख आफूलाई उपयुक्त लागेको भाषामा पढ्न मन लागेको हुनसक्छ ।
आज हामी कुनै पनि एउटा भाषाको वेबसाइटका लेखलाई अन्य भाषामा कसरी अनुवाद गरेर पढ्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दै छौं ।
तपाईं सबैभन्दा पहिले यस लिङ्कमा जानुहाेस् । गुगल क्रोममा गुगल ट्रान्सलेटर पनि सर्च गर्न सक्नुहुन्छ ।
त्यसपछि त्यहाँ टेक्स्ट वा वेबसाइट दुईवटा अप्सन देख्न सकिन्छ । त्यसमध्ये वेबसाइट छान्नपर्ने हुन्छ । त्यसको तल तपाईंले दुईवटा भाषा छान्न सक्नुहुन्छ ।
पहिलोमा तपाईंले खोज्न लागेको वेबसाइट कुन भाषामा छ त्यो भाषा छान्नुपर्ने हुन्छ । त्यसपछि अर्कोपट्टि तपाईंलाई सो वेबसाइट कुन भाषामा पढ्न छ त्यो भाषा छान्नुपर्ने हुन्छ ।
त्यसपछि तल देखाइएको वेबसाइटको बक्समा तपाईंले पढ्न चाहेको वेबसाइटको लिङ्क टाइप वा पेस्ट गर्न सक्नुहुन्छ ।
अब तपाईंले वेबसाइट तपाईंले चाहेको भाषामा खुलेको देखिन्छ । तपाईंले त्यस वेबसाइटमा उपलब्ध जुन लिङ्कमा गएपनि गुगल ट्रान्सलेटरले त्यसलाई तपाईंले छानेको भाषामा अनुवाद गर्ने गर्छ ।
यदि गुगलले गरेको अनुवाद नबुझेको खण्डमा तपाईंले सो वाक्यका माथि माउस लिनुभयो भने त्यसले वेबसाइटको वास्तविक सामग्री देखाइदिने गर्छ । गुगल ट्रान्सलेमा हामी सम्पूर्ण रूपले निर्भर हुन सक्दैनौं ।
त्यसका माध्यमबाट सबै वाक्यको अर्थ नलाग्न सक्छ । त्यसका लागि भने तपाईंले विशेष ख्याल गर्नुपर्ने हुन्छ । त्यसरी तपाईंले गुगल ट्रान्सेटरमा उपलब्ध भएका जुनसुकै भाषा अनुवाद गरेर पढ्न सक्नुहुन्छ ।