close

ल्यापटप सिधै अफ गर्ने बानी छ ? ख्याल राख्नुस् यी कुरा

टेकपाना टेकपाना

असार २, २०७९ १९:१३

ल्यापटप सिधै अफ गर्ने बानी छ ? ख्याल राख्नुस् यी कुरा

काठमाडौं । तपाईंले कुनै पनि काम गर्दैगर्दा  ल्यापटप वा कम्प्युटर अकस्मात् बन्द गर्नुपरेको होला । कतिपय अवस्थामा हाम्रो कम्प्युटर काम गरिरहेको अवस्थामा बीचमा आएर केही नचल्ने भइदिन्छ, जसले गर्दा हामी बन्द गर्न बाध्य हुन्छौं ।

त्यस्तै कम्प्युटर स्लो भयो भने पनि हामी कम्प्युटरलाई अफ गरिरहेका हुन्छौं । कसैले शट डाउन गर्न समय लाग्ने भएकाले सिधै टर्न अफ पनि गर्ने गर्छन् ।

यसरी लगातार कम्प्युटर रिस्टार्ट वा बन्द गरिरहँदा हाम्रो कम्प्युटर बिग्रिन्छ भन्ने भ्रम छ । के साँच्चै कम्प्युटर लगातार रिस्टार्ट वा अफ गर्दा कम्प्युटरमा समस्या आउँछ ? आज हामी कम्प्युटरलाई लगातार रिस्टार्ट वा अफ गर्दा के के हुन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

पहिलेका कम्प्युटरमा डिभाइस बारम्बार बन्द वा रिस्टार्ट गर्दा त्यसले हार्ड डिस्क ड्राइभ (एउटा घुमिरहने चुम्बकीय डिस्क, जसलाई हेड भनिन्छ (स्पिनिङ डिस्क)) मा क्षति पुर्‍याउने सम्भावना धेरै थियो ।

जब कम्प्युटर अन हुन्छ, तब हार्ड ड्राइभले स्पिनिङ डिस्कसँग सोझै सम्पर्क बनाउन सक्दैन । यसको सट्टा स्पिनिङ डिस्क हावाको पातलो तहमा डिस्कमाथि तैरिरहेको हुन्छ । जब  कम्प्युटर बन्द हुन्छ, तब स्पिनिङ डिस्क हार्ड डिस्कको सतहमा पार्क हुन्छ ।

यदि छोटो समयमा कम्प्युटर पुनः अन भयो भने स्पिनिङ डिस्क पहिलेकै सतहमा रहिरहन्छ । जसले गर्दा मेमोरी बिग्रने वा स्क्रयाच हुने सम्भावना धेरै हुन्थ्यो । चिन्ता नलिनुहोस् यो १९९० सम्मका कम्प्युटरमा हुने समस्या हो ।

यदि तपाईंसँग त्यसबेलाको कम्प्युटर छ भने ड्राइभलाई सही स्थानमा पार्क गर्नुपर्ने हुन्छ । तर, तपाईंसँग आधुनिक कम्प्युटर छ भने बारम्बार अन/अफ वा रिस्टार्ट गरिरहनुले कम्प्युटरमा थोरै मात्र प्रभाव पार्ने गर्छ ।

यसै पनि कम्प्युटर भनेको सदाबहार ‍रहिरहने उपकरण होइन । यसलाई औषत पाँच वर्षदेखि सात वर्षसम्म राम्रोसँग चलाउन सकिन्छ ।

किनभने हामीले प्रयोग गरिरहँदा यसमा विभिन्न किसिमका पाटपूर्जा पनि पुरानो हुँदै जान्छ र पर्फमेन्स खस्किँदै जान्छ ।

इनर्जीस्टारका अनुसार आधुनिक कम्प्युटर ४० हजार पटकसम्म अन-अफ हुँदा कुनै असर नपर्नेगरी विकास गरिएका हुन्छन्

यसको अर्थ तपाईंले साँझ सुत्दा कम्प्युटर अफ गर्नुभयो र बिहान उठ्दा अन गर्नुभयो भने यो १०९ वर्षसम्म अन-अफ गर्नाले केही समस्या आउँदैन ।

त्यस्तै दैनिक १० पटक अन-अफ गर्नुभयो भने १० वर्षसम्म अन-अफ गर्नाले हार्डवेयरमा आउने कुनै समस्या आउँदैन ।

यदि तपाईंले कम्प्युटर सधैँ अन राख्नुभयो बने चाँहि समस्या आउनसक्छ, किनभने अन हुँदा यसले डेटा प्रोसेस गरिरहने, सफ्टवेयर रन गरिरहने भएकाले डिभाइस तातिएर त्यसमा भएका कम्पोनेन्ट बिग्रिन सक्छन् ।

अन-अफ गरिरहँदा त्यसले कुनै नोक्सानी पुर्‍याउँछ, त्यसलाई बिगार्छ भन्ने हुँदैन । तर, यसले अन हुन आवश्यक पर्ने हरेक प्रक्रिया अपनाउँदा केही समय भने लाग्न सक्छ ।

तपाईंले सिधै शटडाउन गर्नुभन्दा स्लिप मोडमा राख्दा उपयुक्त हुन्छ । जब डिभाइस स्लिप मोडमा हुन्छ, तब त्यसबेला प्रयोग हुने भनेको शर्ट-टर्म र्‍याम मेमोरी मात्र हो ।

स्लिपिङ मोडमा राख्दा ब्याट्री भने थोरै मात्रामा खपत हुन्छ । डिभाइस स्लिप मोडमा हुँदा यसले ताप उत्पन्न गराउँदैन, हार्ड ड्राइभ एक्टिभ राख्दैन, फ्यान चलाउँदैन र तपाईंले खोल्ना साथै तपाईंको डिभाइसको पर्फमेन्स अनुसारको स्पीडमा काम गर्न सुरु गर्छ ।

यदि तपाईंलाई लामो समयसम्म डिभाइस प्रयोग गर्नु छैन भने तपाईंले शटडाउन गरेर राख्न सक्नुहुन्छ ।

बारम्बार डिभाइस अफ गर्दा त्यति धेरै समस्या नआउने कुरा उल्लेख गरिएको भए पनि तपाईंले केही आधारभूत कुरामा भने ध्यान दिन आवश्यक हुन्छ ।

यदि तपाईं कम्प्युटर शटडाउन वा रिस्टार्ट गर्दै हुनुहुन्छ भने पहिले गरेको काम सेभ गरिएको छ या छैन ख्याल राख्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३