close

ठूला आईटी कम्पनीको प्राथमिकतामा किन पर्छन् कलेज पढेकाभन्दा स्वअध्ययन गरेका ह्याकर ?

टेकपाना टेकपाना

असार ३०, २०७९ १९:६

ठूला आईटी कम्पनीको प्राथमिकतामा किन पर्छन् कलेज पढेकाभन्दा स्वअध्ययन गरेका ह्याकर ?

काठमाडौं । स्वअध्ययन गरेका ह्याकरमा छिटो सिक्नसक्ने क्षमता बढी हुन्छ । जसले गर्दा ठूला प्रविधि कम्पनीहरू उनीहरूतर्फ बढी आकर्षित हुन्छन् ।

ह्याकरहरूले नयाँनयाँ तरिकाले सुरक्षा कमजोरी पत्ता लगाउनुका साथै त्यस्ता आक्रमणबाट बच्ने तरिका पनि फेला पारिरहेका हुन्छन् । जसले गर्दा साइबर दुनियाँ दिनानुदिन बदलिरहेको छ ।

साइबर सुरक्षाको क्षेत्रमा रचनात्मकतालाई बढी प्राथमिकता दिने गरिन्छ । स्वअध्ययन गर्ने व्यक्ति बढी जिज्ञासु हुनुका साथै उनीहरूमा परम्परागत शैलीभन्दा बेग्लै तरिकाले काम गर्ने गुण पनि रहेको हुन्छ ।

यसै कारणले पनि उनीहरू कम्प्युटर सिस्टम तोड्न धेरै माहिर हुन्छन् । यस्ता ह्याकरहरूलाई प्रविधिमा दिग्गज मानिएका एप्पल, ट्वीटर, याहु जस्ता कम्पनीले विभिन्न अवसर दिइरहेका हुन्छन् ।

‘सेल्फ टट’ इथिकल ह्याकर किन खोज्छन् ठूला प्रविधि कम्पनी ?

प्रायः जसो ठूला प्रविधि कम्पनीहरूको प्राथमिकतामा स्वअध्ययन गरेका इथिकल ह्याकर पर्ने गरेको देखिन्छ । स्वअध्ययन गरेका यस्ता ह्याकरहरू विभिन्न ह्याकिङ प्रतियोगिताबाट उत्कृष्ट हुँदै कम्पनीसम्म पुगेका हुन्छन् ।

यस्ता स्वअध्ययन बाट बनेका ह्याकरहरूमा साइबर सुरक्षासँग सम्बन्धित कुनै पनि कुरामा बढी जिज्ञासा हुने गर्दछ । जसले गर्दा उनीहरूलाई कुनै पनि कुरा छिटो सिक्न सघाउँछ ।

कलेजमा पढेका ह्याकरहरूको मुख्य उद्देश्य सीप सिक्नुभन्दा पनि कसरी उत्कृष्ट शर्टिफिकेट पाउने भन्नेमा बढी हुने गर्छ । स्वअध्ययन गरेका ह्याकरहरू आफ्नै तरिकाले नयाँनयाँ सीप सिक्दै जान्छन् ।

यसै कारणले गर्दा उनीहरूमा सुरक्षा कमजोरी पत्ता लगाउने क्षमता कलेजमा पढेका ह्याकरभन्दा बढी हुने गर्छ । त्यसैले प्रविधिका दिग्गज कम्पनीले स्वअध्ययन गरेका ह्याकरलाई बढी प्राथमिकता दिने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३