close

किन र कसले प्रयोग गर्ने लिनक्स अपरेटिङ सिस्टम ?

टेकपाना टेकपाना

साउन १५, २०७९ १५:५०

किन र कसले प्रयोग गर्ने लिनक्स अपरेटिङ सिस्टम ?

काठमाडौं । अपरेटिङ सिस्टमले कम्प्युटरको सबै हार्डवेयर र सफ्टवेयर रिसोर्स म्यानेज गर्ने काम गर्छ । अपरेटिङ सिस्टम हार्डवेयर कम्पोनेन्ट र युजर (User) बीचको इन्टरफेस हो ।

यसले ग्राफिकल युजर इन्टरफेस (GUI) दिने, रिसोर्स एलोकेसन म्यानेज गर्ने, इनपुट/आउटपुट ह्यान्डल गर्ने, प्रोग्रामलाई प्रोसेसमा कन्भर्ट गर्नेजस्ता काम गर्छ । साथै यसले कम्प्युटरमा चलेका सबै प्रोग्रामसँग सहकार्य गर्छ ।

अपरेटिङ सिस्टमले सबै कम्प्युटर प्रोग्रामलाई सीपीयू, मेमोरी र स्टोरेजको एक्सेस दिन्छ । विन्डोज, लिनक्स, क्रोम ओएस, म्याक ओएस हामीले प्रयोग गर्दै आएका केही अपरेटिङ सिस्टम हुन् ।

आज हामी लिनक्स अपरेटिङ सिस्टमबारे आधारभूत जानकारी दिँदै छौं ।

लिनक्स एक ओपनसोर्स अपरेटिङ सिस्टम हो ।  यो युनिक्स स्ट्याण्डर्डमा आधारित छ, जसले प्रोग्रामिङलाई निकै सपोर्ट गर्छ ।ओपनसोर्स भएको हुनाले यसले युजरलाई ओरिजिनल कोड मोडिफाई गर्ने अनुमति दिन्छ ।

यसरी कोड मोडिफाई हुँदै जाँदा लिनक्सका धेरै डिस्ट्रिब्युसन उपलब्ध छन् । सर्भर सेटअपका लागि लिनक्स धेरैको पहिलो रोजाइमा पर्ने गरेको छ ।

लिनक्स चलाउन कुनै लाइसेन्स वा प्रडक्ट की चाहिन्न । जुनसुकै डिस्ट्रिब्युसन इन्टरनेटबाट डाउनलाेड गरेर चलाउन सक्नुहुन्छ ।

त्यस्तै लिनक्स लाइटवेट हुनुका साथै विन्डोजको तुलनामा कम रिसोर्स प्रयोग गर्छ । यससँगै विन्डोजभन्दा लिनक्सको स्पिड बढी नै हुन्छ । ओपनसोर्स भएको हुनाले लिनक्सका ड्राइभरहरु बजारमा सजिलै पाउन सकिँदैन ।

लिनक्स ओपनसोर्स भएको हुनाले जो सुकैले कोड मोडिफाई गरेर नयाँ डिस्ट्रिब्युसन निकाल्न सक्छन् । सबै डिस्ट्रिब्युसन चलाएर लिनक्सको मज्जा लिन सक्नुहुन्छ ।

त्यस्तै याे अपरेटिङ सिस्टमको कोड सबै डेभलपरलाई खुल्ला हुन्छ, जसकारण सबै डेभलपरले सानोभन्दा सानो सेक्युरिटी बग पनि पत्ता लगाएर समाधान गर्छन् ।

ग्राफिकल युजर इन्टरफेसकाे कुरा गर्दा लिनक्सले विन्डोजमा जस्तो युआईमा सहजता उपलब्ध गराउँदैन । सबैकुरा टर्मिनलमार्फत गरिने भएको हुनाले अलि अलि कोडिङ कन्सेप्ट आवश्यक पर्छ ।

समग्रमा भन्दा अधिकांश प्रोग्रामरको पहिलो रोजाइ बनेको छ, लिनक्स अपरेटिङ सिस्टम । सुरक्षित र भरपर्दो भएको हुनाले धेरै आईटी प्रोफेसनलहरू लिनक्स रुचाउँछन् । कस्टमाइजेसनमा पनि निकै फ्लेक्जिबिलिटी छ ।

उबुन्टु २२ ०४ नयाँ एलटीएससँगै यूआई पनि निकै सुधार भएको छ । तपाईँले एकपटक लिनक्सका वीट (Wit), ग्रीप (Grip) जस्ता कुरा चलाउन सिकेपछि प्रोग्रामिङमा निकै सुधार आउँछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३