काठमाडाैं । मैले लेखिरहेकाे याे कुरा तपाईंले अनलाइनकाे माध्यमबाट पढिरहनु भएकाे छ । याे सम्भव केवल इन्टरनेट भएर हाे । हामी यस बेला इन्टरनेटकाे दुनियाँमा छाैंँ । यसबारे जानकार/सचेत भएनाैँ भने धेरै गल्तीहरु गर्न सक्छाैँ ।
जसरी केही समयअगाडि व्यक्ति साक्षर हुन पर्दछ भन्ने बहस हुन्थे । त्यसैगरी आजभाेलि डिजिटल साक्षर हुनुपर्छ भन्ने बहस सुरु भइसकेकाे छ । डिजिटल साक्षरता आजकाे आवश्यकता पनि हाे । आज हामी यसै विषयमा चर्चा गर्दैछाैँ ।
शाब्दिक रूपमा ‘साक्षरता’ भन्नाले कुनै कुरा पढ्न र केही लेख्नसक्ने क्षमता हाे । कम्तीमा आफूले पढ्न चाहेकाे कुरा पढ्न सक्नु, भन्न चाहेकाे कुरा लेखेर व्यक्त गर्न सक्नु साक्षरता हाे ।
एउटा के विश्वास छ भने तीन आर (3R) अर्थात् पढाइ, लेखाइ र तर्क/विचार (रिडिङ, राइटिङ र रिजनिङ्ग) भएकाे मानिस साक्षर हुन्छ ।
साक्षरताका पनि विभिन्न प्रकार छन् । जस्तै; वित्तीय साक्षरता, सांस्कृतिक साक्षरता, स्वास्थ्य साक्षरता, मिडिया साक्षरता आदि ।
नेपालमा साक्षरता
नेपालमा राणा शासनकाे बेलामा सर्वसाधारणका लागि शिक्षामा बन्देज थियाे । त्यसकारण त्याे बेला नेपालमा कमै मात्रामा शिक्षित अथवा साक्षर व्यक्ति थिए । २००७ सालमा राणा शासनकाे अन्त्य भएपछि शिक्षा क्षेत्रमा पनि एउटा क्रान्ति नै आयाे ।
राणा शासनकाे अन्त्यसँगै नेपालमा साक्षरताकाे महत्त्व बढ्दै गएकाे हाे । नेपाललाई साक्षर देश बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । भलै याे याेजना अझै पूर्ण सफल भएकाे छैन ।
तर यसकाे सुरुवात नेपालकाे पहिलाे पञ्चवर्षीय याेजना (२०१३-२०१८) बाट नै भएकाे थियाे । उक्त याेजनामा प्राैढ साक्षरतालाई समावेश गरिएकाे थियाे । त्यसयता हालसम्म लगातार साक्षर नेपाल बनाउन धेरै कार्यहरु गरिँदै आएकाे छ ।
नेपालमा डिजिटल साक्षरता
हाल पछिल्लाे समयमा नेपालमा पनि डिजिटल साक्षरताकाे बहस हुन थालेकाे छ । सरकारले पनि यसलाई आफ्नाे प्राथमिकतामा राखेकाे छ ।
याे आर्थिक वर्ष २०७९/८० मा डिजिटल साक्षरता कार्यक्रम अघि बढाउने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट गरेकी छन् । उनले याे आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा याे घाेषणा गरेकी हुन् ।
नेपालमा विशेषत: ब्राेडब्याण्डकाे पहुँचमा विस्तार र डिजिटल अर्थतन्त्रहरुमा थप मानिसहरुलाई संंलग्न गराउने उद्देश्यका साथ याे परियाेजना सञ्चालन गरिदैँ छ ।
डिजिटल साक्षरता
अहिले धैरै चर्चामा रहेकाे ‘डिजिटल साक्षरता’काे बारेमा हामी सबैले थाहा पाउन पर्दछ । ‘डिजिटल’ शब्द आउन साथ त्यहाँ सूचना तथा सञ्चार प्रविधिकाे कुराहरु आउँदछ ।
हाे, यही प्रविधि प्रयाेग गरेर डिजिटल संसारमा नेभिगेट गर्ने (सञ्चार गर्ने) क्षमता हो, डिजिटल साक्षरता । प्रविधिकाे प्रयाेग गरेर डिजिटल संसारमा कुनै सुचना लिने/दिने, त्यसकाे मूल्याङ्कन गर्ने र आवश्यक परे भण्डारण गर्ने क्षमता डिजिटल साक्षरता हाे ।
आजकाे प्रविधिकाे दुनियाँमा डिजिटल साक्षरता निकै नै आवश्यक र महत्त्वपूर्ण छ । यसले हामीलाई इन्टरनेटकाे दुनियाँमा रहेकाे बेलामा सभ्य रहन, सुरक्षित रहन मद्दत गर्दछ ।
हामी धेरै जना आज भाेलि इन्टरनेटमा नै समय बिताइरहेका हुन्छाैं । त्यसाे हुँदा हामीले त्यहाँ धेरै पदचापहरु छाडिरहेका हुन्छाैं । ती सुरक्षित भएनन् भने हामी धेरै ठूलाे क्षतिकाे भागेदार हुन पर्दछ । ती सम्भावित डिजिटल दुर्घटनाबाट हामीलाई बचाउने एक सुत्र नै डिजिटल साक्षरता हाे ।
अब इन्टरनेटकाे दुनियाँबाट विश्व पछाडि फर्केर जानेवाला छैन । अबकाे विकल्प भनेकाे केवल डिजिटलाइजेसन हाे । हामीले गर्ने हरेक क्रियाकलापहरु अब इन्टरनेटकाे माध्यमबाट डिजिटल तरिकाले हुनेछन् ।
त्यसबेला आफ्नाे कामहरु प्रविधिहरुकाे प्रयाेग गरेर गर्ने व्यक्ति डिजिटल साक्षर हुन् । तर, माेबाइल, फाेन र ल्यापटपमा चलचित्र मात्र हेर्ने अनि सामान्य कामहरुका लागि पनि अरु व्यक्तिहरुमा भर पर्ने व्यक्ति डिजिटल साक्षर हाेइनन् ।
यसकाे मतलब प्रविधि पाउनुमात्र डिजिटलाइजेसन हाेइन । सर्त भनेकाे प्रवधिकाे प्रयाेग गरेर उसले डिजिटल संसारमा सञ्चार गर्नु हाे ।
कसलाई डिजिटल साक्षर भन्ने ?
तपाईंले पनि इन्टरनेटबाट हामीलाई भेट्टाउनु भएकाे हाे । याे एक डिजिटल सीप हाे । उसाे भए के इन्टरनेट र प्रविधि पाउने जाे काेही डिजिटल साक्षर बन्छन् त !
याे थाहा पाउन युनेस्काेले डिजिटल साक्षरता सम्बन्धी तयार पारेकाे एक रिपाेर्टका आधारमा तयार पारिएका यी प्रश्रनहरू आफैंलाई गर्नुहाेस् । यी प्रश्नहरुकाे उत्तरमा अधिकतम तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईं एक डिजिटल साक्षर हुनुहुन्छ ।
के तपाईंलाई डिजिटल डिभाइस र सफ्टवेयरहरुका बारेमा जानकारी छ? के तिनलाई सञ्चालन गर्न तपाईं सक्षम हुनुहुन्छ ?
के तपाईं डिजिटल प्रविधिहरुकाे प्रयाेग गरेर आफुले चाहेकाे कुरा इन्टरनेटमा खाेज्न सक्नुहुन्छ? तिनलाई विश्लेषण, भण्डारण गर्न सक्नु हुन्छ ?
के तपाईं डिजिटल प्रविधिहरुकाे प्रयाेग गरेर अरुसँग सञ्चार गर्न, सहकार्य गर्न सक्नुहुन्छ? आफ्नाे डिजिटल पहिचानकाे सुरक्षा/व्यवस्थापन गर्न सक्नुहुन्छ ?
के तपाईं डिजिटल कन्टेन्टहरु सृजना गर्न सक्नुहुन्छ ? ती सामग्रीहरुमा प्रतिलिपि अधिकारहरु कसरी लागू हुन्छन् भनेर जान्नु हुन्छ ?
के तपाईंलाई डिजिटल डिभाइस, व्यक्ति/वातावरणकाे सुरक्षा, गाेपनीयताकाे रक्षा आदि विषयमा थाहा छ ?
के तपाईंमा डिजिटल प्रविधि प्रयाेग गर्दा आउने समस्या र तिनका समाधान बारे ज्ञान छ? तिनीहरु प्रयाेग गरेर ज्ञानका नयाँ कुराहरु सृजना गर्न सक्ने क्षमता छ ?
के तपाईंमा विशिष्टीकृत डिजिटल प्रविधिहरुलाई बुझ्ने, विश्लेषण गर्ने र मूल्यांकन गर्ने सीप छ ? कुन क्षेत्रमा कुन डिजिटल उपकरण र प्रविधिहरू प्रयोग गर्ने भन्ने विषयमा ज्ञान छ ?
यी माथिका प्रश्नहरुले डिजिटल साक्षरताकाे बारेमा व्यापक परिभाषा गर्दछ । यी प्रश्नहरुले सबै क्षेत्र र भूगाेललाई समेट्दछ । यसकारण संसारका जाे काेहीले यी प्रश्नहरु गरे ‘के उ डिजिटल साक्षर छ त’ भन्ने प्रश्नकाे उत्तर भेट्दछ ।
डिजिटल साक्षरता एक वृहत विषय हाे । यसका आयामहरु अनेक छन् । नेपालले साँच्चै डिजिटलाइजेसन चाहन्छ भने पहिलाे सर्त नागरिकहरु डिजिटल साक्षर हुनु हाे । तर बिडम्बना, नेपाल अहिलेसम्म पूर्ण साक्षर हुन सकेकाे छैन ।
सरकारकाे डिजिटल नेपाल फ्रेमवर्क कार्यान्व्यनकै चरणमा छ । नेपालमा डिजिटल साक्षरताकाे आवश्यकता किन ? अवस्था के छ ? सरकारले यस विषयमा के गर्दैछ ? जस्ता विषयहरु समेटर चाँडै यसकाे अर्काे लिएर लिएर आउनेछु ।