ट्रेन्डिङ:
आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ? कल्पनादेखि यथार्थसम्मको ‘अपार’ यात्रा तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुहोस्, नत्र जेठदेखि बन्द होला एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण ३५ सयले लिए टेलिकमकाे ई-सिम कोमाकी ब्रान्डको' भेनिस अल्ट्रा' विद्युतीय स्कुटर नेपालमा , सिङ्गल चार्ज ३०० किमिसम्म गुड्ने स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली
close

आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

टेकपाना टेकपाना

असोज १, २०७९

आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएको केही समय पनि नबित्दै बजारमा आईफोन १५ को चर्चा सुरु भएको छ ।

फोर्ब्सले हालै प्रकाशित गरेको एक लेखमा आईफोन १५ का सम्भावित विवरण उल्लेख गरिएको छ ।

आईफोन १४ सार्वजनिक भएको एक हप्तामात्रै भयो । यद्यपि कम्पनीले आईफोन १५ को लागि पहिलेदेखि नै काम गर्न सुरु गरिसकेको थियो ।

फोर्ब्समा उल्लेख भएअनुसार आईफोन १५ प्रो र १५ प्रो म्याक्समा ए१७ चिप प्रयोग हुनेछ ।

ए१५ र ए१६ को तुलनामा ए१७ निकै नै शक्तिशाली हुने अनुमान गरिएको छ । ए१७ एप्पलको पहिलो ३ नानोमिटरको प्रोसेसर हुनेछ ।

यसले मोबाइलको पर्फर्मेन्स र ब्याट्री क्षमतालाई उत्कृष्ट बनाउने बताइएको छ ।

यद्यपि यो सुविधा प्रो मोडलका प्रयोगकर्ताले पनि अनुभव गर्न पाउनेछन् ।

यसबीच आईफोन १५ लाई लिएर अन्य धेरै विवरण पनि बाहिरिएका छन् ।

केही बजार विश्लेषकले आईफोन १५ फोल्डेबल हुने पनि अनुमान गरेका छन् । योसँगै आईफोन १५ मा टेलिफोटो क्यामेरा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।