close

बीआईटी विथ टेक्नोप्रेनरशिप: विद्यार्थीलाई उद्यमी बनाउने पढाइ

सञ्जीवन राई सञ्जीवन राई

असोज २, २०७९ १४:४

बीआईटी विथ टेक्नोप्रेनरशिप: विद्यार्थीलाई उद्यमी बनाउने पढाइ

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भइसकेको छ । करियरसमेत निर्धारण गर्ने तह भएकोले विद्यार्थीहरु आफ्ना लागि उपयुक्त स्नातक कोर्ष खोजिरहेका छन् । यो सामग्री त्यसरी करियर खोज्दै गरेका विद्यार्थीलाई उपयुक्त कोर्ष छनोट गर्न सहयोग पुर्‍याउने एउटा विकल्प हो ।

यसपटक सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सीजीआईएम) कलेजले सञ्चालनमा ल्याएको कोर्ष ‘बीआईटी विथ टेक्नोप्रेनरशिप (अनर्स)’ लाई प्रस्तुत गरेका छौं:

कलेज
यो कलेजले मलेसियास्थित लिम्कोकिङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी (एलयूसीटी)बाट यो सम्बन्धनप्राप्त गरी स्नातक तहमा टेक्नोप्रेनरशिप काेर्ष सञ्चालन गरिरहेकाे छ । यस कलेजमा बीआईटी वीथ टेक्नोप्रेनरशिप (अनर्स) बाहेक आईटीको अर्काे कोर्ष बीएससी (अनर्स) ईन इन्फरमेसन टेक्नोलोजीको समेत अध्यापन हुन्छ । यी दुवै कोर्ष सन् २०२१ देखि अध्यापन हुन थालेको हो ।

कस्तो छ कोर्ष ?
आईटी पनि पढ्न चाहने र व्यवस्थापन विषयको बिजनेस (व्यावसायिक अध्ययन) पनि पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी याे कोर्षकाे डिजाइन गरिएकाे हाे । सरल भाषामा बुझ्ने हो भने यो कोर्ष आईटी र बिजनेसलाई मिलाएर बनाइएको हो ।

कोर्षमा बिजनेस र आईटी दुवै क्षेत्रलाई सहयोग हुने पाठ्यक्रम भएको कलेजका आईटी डिपार्टमेन्ट शाखाका प्रमुख निशान्त श्रेष्ठ बताउँछन् । उनका अनुसार यस कोर्षले जागिर गर्ने सोच भएका विद्यार्थीभन्दा पनि उद्यमशीलताको सोच भएका विद्यार्थी उत्पादन गर्ने उद्देश्य राख्दछ ।

टेक्नोप्रेनरशिप के हो ?
कोर्षको नामको पछाडि जोडिएको टेक्नोप्रेनरशिप बुझ्न हामीले सुन्दै आएको शब्द उद्यमशीलता अर्थात् आन्टरप्रेन्योरशिप बुझ्न जरुरी छ । कुनै पनि व्यक्तिले नयाँ व्यवसायको सुरुवात गर्नु उद्यमशीलता हो । सुरुवात गर्ने व्यक्तिलाई उद्यमी अर्थात् आन्टरप्रेनर भनिन्छ ।

यही कुरा यो कोर्षमा जोड्ने हो भने टेक्नोप्रेनरशिप के हो भन्ने बुझिन्छ । आईटीलाई उद्यममा मिसाउनु भनेको टेक्नोप्रेनरशिप हो । जसले आन्टरप्रेनरशिप गरिरहेको छ, उसले त्यसमा आईटी मिसायो भने उ टेक्नोप्रेन्योर बन्छ । आईटी बुझेको उद्यमी नै टेक्नोप्रेन्योर हो । यस कोर्षले आन्टरप्रेनरशिप जस्तै टेक्नोप्रेनरशिपको कल्पना गर्दछ ।

कोर्ष करिलकुलम
यो तीन वर्षे १२३ क्रेडिट आवरको कोर्ष हो । यसको पढाइ छ सेमेस्टरमा हुने गर्दछ ।

कसले पढ्न पाउँछन् ?
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरु यस कोर्षमा भर्ना हुन सक्छन् । यो कोर्षका लागि माध्यमिक तहमा जुनै विषय लिए पनि फरक पर्दैन । तर न्यूनतम २ जीपीए अथवा ४५ प्रतिशत प्राप्ताङ्क भने ल्याएको हुनपर्छ ।

पढाइपछिको अवसर
यो कोर्ष उत्तीर्ण विद्यार्थी आईटी अथवा व्यवस्थापन दुवै क्षेत्रमा जानसक्छ । उसले आईटीका क्षेत्रहरु डेटाबेस, सफ्टवेयर इन्जिनियरिङ, नेटवर्किङ, प्रोगामिङतिर आफ्नो करियर बनाउन सक्दछ । त्यसैगरी व्यवस्थापनतर्फको क्षेत्रमा मार्केटिङ, इकोनोमिक्स, प्रोजेक्ट म्यानेजमेन्ट, अकाउन्ट लयागतका क्षेत्रमा काम गर्न सकिन्छ ।

यो कोर्ष आईटी र बिजनेसको मिश्रण भएकाले विदेश–स्वदेशमा काम पाउन कुनै समस्या नहुने श्रेष्ठ बताउँछन् । यसबाहेक आफैं उद्यमशीलता सुरु गर्ने अवसर त छँदैछ । यस कोर्षको अन्तिममा बनाउनुपर्ने प्रोजेक्टहरु बजार लिने खालको भए सीजीले स्टार्टअपमा सहयोग गर्ने पनि श्रेष्ठले बताए ।

छात्रवृत्ति र शुल्क
कलेजले प्रवेश परीक्षा र सेमेस्टरमा प्रथम हुनेलाई मेरिटका आधारमा छात्रवृत्ति दिने गरेको छ । यो कोर्षका लागि करिब सात लाख रुपियाँ निर्धारण गरिएको छ ।

कोटा र भर्ना
कलेजले एउटा इन्टेकमा करिब ३० देखि ४० जना विद्यार्थी राख्ने गर्ने गरेको छ । जनवरी/फेब्रुअरी र अगस्ट/सेप्टेम्बर गरेर वर्षमा दुई ओटा इन्टेकमा कलेजले भर्ना लिने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ १५:३७