close

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

असोज ४, २०७९ ८:३३

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौं । अफगानिस्तान सरकारले देशभित्र टिकटक र पब्जी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर त्यहाँको दूरसञ्चार विभागले यी प्लेटफर्मममाथि प्रतिबन्ध लगाएको हो ।

यसअनुसार कम्तीमा तीन महिनासम्म यी प्लेटफर्म प्रयाेग गर्न पाइने छैन । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।

सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्वानीले भनेका छन्, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ८:४३