ट्रेन्डिङ:
एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर' एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी एनआईसी एसिया बैंकको ग्राहकलाई भाटभटेनीको डिजिटल भुक्तानीमा छुट एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल गाडीमा प्रयोग हुने ‘एन्टी लक ब्रेकिङ सिस्टम’ प्रविधि के हो र यसले कसरी काम गर्छ ? आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! चिप अभाव भएपछि स्मार्टफोन उत्पादन र आपूर्तिमा समस्या
close

एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर'

टेकपाना टेकपाना

असोज ६, २०७९

एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर'

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो अफर' ल्याएकोे छ ।

प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डेटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफरअन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) ओटा सन्देश पठाउन सकिने सुविधा छ ।

रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) ओटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) ओटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत रु. ६९९ मा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) ओटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देशमात्र पठाउनुपर्ने ग्राहकका लागि रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० ओटा र रु. ६० मा जम्मा ३०० ओटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

आफ्नो मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।