close

शनिबारदेखि चितवनमा पठाओको सेवा

टेकपाना टेकपाना

असोज ६, २०७९ १५:१८

शनिबारदेखि चितवनमा पठाओको सेवा

काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड हेलिङ सेवा सुरु हुने भएको छ । अटो र बाइकमा राइड सेवा दिएर चितवनमा व्यवसाय थालनी गर्न लागेको कम्पनीकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । 

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारी पूरा भइसकेकाे छ,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई  पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ ।’

उनका अनुसार पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १५:१८