काठमाडौं । साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ ।
चाडपर्वको अवसर पारी कम्पनीले आजदेखि कात्तिक १४ गतेसम्मका स्मार्टफोन खरिद गर्ने उपभोक्ताका लागि विभिन्न मोडेलको मूल्य घटाएको हो ।
यसअन्तर्गत यसअन्तर्गत रेड्मी नोट ११ सिरिजमा एक हजार रुपैँया, साओमी १२ सिरिजमा तीन हजार रुपैयाँ र हालै सार्वजनिक गरिएको पोको एम फाइभमा पाँच सय रूपैयाँसम्म मूल्य घटाइएको छ ।