close

चीनमा उड्ने कारको सफल परीक्षण

टेकपाना टेकपाना

कात्तिक २, २०७९ १७:१९

चीनमा उड्ने कारको सफल परीक्षण

काठमाडौं । चीनमा उड्ने कारको सफल परीक्षण भएको छ । सम्भावित जोखिम मूल्याङ्कनका सबै प्रकारका प्रक्रिया पूरा गरी चीनको ग्वाङझाउ सहरमा उक्त विद्युतीय कारको परीक्षण गरिएको हो ।

'ट्राभलर एक्स टु' नामक उक्त कारको परीक्षण गर्न दुबई नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति लिइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

'ट्राभलर एक्स टु'मा कार्वन फाइबर स्ट्रक्चरसहितको ककपिट प्रयोग भएको छ, जसले दुईओटा यात्रु बोक्नसक्ने बताइएको छ ।

यात्रुले एउटा बटन प्रयोग गरी स्टार्ट गर्न, एउटा बटनले फर्किन र एउटा बटन प्रयोग गरी ल्यान्ड गर्न सक्नेछन् ।

यसले दुबई यूएईबाट उडान अनुमति प्राप्त गरी अन्तर्राष्ट्रिय उडान सफलतापूर्वक सम्पन्न गरेको छ । साइन्स फिक्सन फिल्मजस्तै उक्त कार जमिनमा गुड्ने र हावामा उड्नसक्ने गरी निर्माण गरिएको  छ । पछिल्ला वर्षमा फ्लाइङ कारका विषय निकै नै चर्चामा आइरहेका छन् ।

विभिन्न अटोमोबाइल्स कम्पनीले यसको खोज तथा अनुसन्धान (आरएण्डडी) को काम गरिरहेका छन् ।

विशेषगरी फक्सवागेन, हुण्डाई, जीएसी ग्रुपजस्ता कम्पनीले यस क्षेत्रमा विशेष अन्वेषण गरिरहेका छन् । कम्पनीका अनुसार यो कार अधिकतम एक हजार मिटरसम्मको उडान गर्नसक्छ, जसको अधिकतम उडान गति १३० किलोमिटर प्रति घण्टा रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०७९ १७:२५