close

अब क्यूआर भुक्तानी गरेर फेवा तालमा डुङ्गा चढ्न सकिने

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १८:३७

अब क्यूआर भुक्तानी गरेर फेवा तालमा डुङ्गा चढ्न सकिने

कास्की । पोखरामा रहेको फेवा तालमा अब डुङ्गा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएको छ । यसअघि नगद कारोबार चलिरहेको डुङ्गा व्यवसायमा फोनपे क्यूआर सञ्चालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकले अनलाइन भुक्तानी गर्नसक्ने भएका हुन् ।

फोनपे र फेवाताल डुङ्गा व्यवसायी संघसँगको सहकार्यमा हालै यो सेवा सञ्चालनमा ल्याइएको हो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाको उपस्थितिमा हालै क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएकाे हाे ।

फोनपेले यतिबेला चाडबाड लक्षित विभिन्न अफरहरु पनि सञ्चालन गरिरहेको छ । यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङ मोबाइल फोन जित्नसक्ने बताइएको छ । मर्चेन्टहरुका लागि यो योजना कात्तिक १२ गतेसम्म सञ्चालन हुने छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १८:३७