close

मेटाभर्सको नाममा मार्क जुकरबर्गले कहाँ खनाए साढे १९ खर्ब लगानी ?

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ १८:५०

मेटाभर्सको नाममा मार्क जुकरबर्गले कहाँ खनाए साढे १९ खर्ब लगानी ?

काठमाडौं । मेटाले गत वर्षको सुरुदेखि नै यसको रियालिटी ल्याब मेटाभर्स भेन्चरमा १५ अर्ब डलर (साढे १९ खर्ब रुपैयाँ बढी) खर्च गरिसकेको छ । तर अहिलेसम्म, कम्पनीले मेटाभर्सको कुन कुरामा खर्च भइरहेको छ भनेर सार्वजनिक गर्न सकेको छैन ।

मेटाभर्सको नाममा भइरहेको खर्च कहाँ र कुन शीर्षकमा भइरहेको छ भन्ने कुरा तथ्याङ्क नआउँदा मेटा र जुकरबर्गको आलोचना हुन थालेको छ । कतिपय विज्ञले केही उपलब्धि नहुने कामका लागि मेटाले धेरै रकम खर्च गरेको तर्क दिइरहेका छन् ।

कम्पनीले पैसा त खर्च गरेको, तर लगानीकर्तालाई कुन शीर्षकमा कति पैसा खर्च भइरहेको छ भनेर पारदर्शी रुपमा देखाउन नसकेको उनीहरूको भनाइई छ ।

केहीले जुकरबर्गले जोखिमपूर्ण काम गरिरहेको पनि धारणा राखेका छन् । जब मेटाले गत वर्ष जारी गरेको रिपोर्टमा नै भर्चुअल रियालिटी व्यवसायका लागि १० अर्ब डलर बिना नाफा लगानी भइसकेको खुलासा गरेको थियो ।

यद्यपि यस विषयमा विस्तृत जानकारी भने कम्पनीले बाहिर ल्याउन सकेको छैन । हालसम्म, कम्पनीले २०२२ को पहिलो छ महिनाका लागि पाँच अर्ब डलरभन्दा बढी खर्च गरेको पनि उल्लेख गरेको छ । तर यसको पनि कुनै पारदर्शी विवरण भने उपलब्ध गराइएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १८:५०