close

६००० एमएएच ब्याट्री सहित 'इन्फिनिक्स हट २० प्ले' स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ ९:११

६००० एमएएच ब्याट्री सहित 'इन्फिनिक्स हट २० प्ले' स्मार्टफोन सार्वजनिक

काठमाडौं । मोबाइल निर्माता कम्पनी इन्फिनिक्सको हट २० सिरिज बजारमा निकै नै रुचाइएको स्मार्टफोन हो । यही सिरिजअन्तर्गत कम्पनीले हालै 'इन्फिनिक्स हट २० प्ले'  सार्वजनिक गरेको छ ।

९० हर्ज रिफ्रेसरेट सहितको ६.८२ इन्चको डिस्प्ले भएको यो फोन एन्ड्रोइड १२ मा आधारित छ । फोनमा मिडियाटेकको हेलियो जी३७ चिपसेटसहित ४ जीबी र्‍याम उपलब्ध छ ।

स्टोरेजतर्फ भने यो फोन ६४ जीबी र १२८ जीबी स्टोरेजको दुई भेरियन्टमा उपलब्ध छ । थप स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्लट पनि दिइएको छ ।

त्यस्तै फोनमा एआई लेन्स र एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फोनको अर्को विशेषता भनेको यसको ब्याट्री हो ।

कम्पनीले फोनमा ६,००० एमएएचको ब्याट्री दिएको छ ।

रेसिङ ब्ल्याक, लुना ब्लु, अरोरा ग्रिन र फ्यान्टासी पर्पल रंगमा उपलब्ध यो फोनको मूल्य भारतीय रुपैयाँ १२ हजार अर्थात् करिब २० हजार नेपाली रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ ९:११