close

सिङ्गल चार्जमा २२० किलोमिटर कुद्ने दुई विद्युतीय स्कुटर सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १८:१

सिङ्गल चार्जमा २२० किलोमिटर कुद्ने दुई विद्युतीय स्कुटर सार्वजनिक

काठमाडौं । नेपाली कम्पनी जम्बो मोटर्स ईभीले भीएलके मोटर्सद्वारा तयार पारेको दुई ओटा विद्युतीय स्कुटर भित्र्याएको छ । राजधानीको नक्साल स्थित नयाँ शोरुमको उद्घाटनको अवसर पारेर कम्पनीले कम्पनीले 'क्याप्पसिनो एस' र 'ब्राभो टु' मोडेलका दुई नयाँ स्कुटर भित्र्याएको हो ।

कम्पनीले भित्र्याएको ब्राभो टुमा ७२ भोल्ट ४०/५५ एच क्षमताको ४००० वाट लिथियम आयन टर्नरी ब्याट्री प्रयोग भएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीको तौल २२ किलोग्राम रहेको छ । कुल ११० किलो तौल रहेको ब्राभो स्कुटर फूल चार्जमा १०० देखि २२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

यसमा भएको ब्याट्रीलाई घरमा २ घण्टामा फूल चार्ज गर्न सकिने बताइएको छ । यस स्कुटरमा ३ किलोवाटको मोटर प्रयोग भएको छ । प्रतिघण्टा ६५ किलोमिटर रेन्ज भएको यस स्कुटरको मूल्य नेपाली बजारमा तीन लाख ९९ हजार रहेको छ । ओपनिङमा खरिद गर्ने प्रयोगकर्ताले २० हजारदेखि ३० हजार छुट पाउने कम्पनीले बताएको छ ।

त्यस्तै कम्पनीले 'क्यापाचिनो एस' मोडेलको अर्को विद्युतीय स्कुटर पनि भित्र्याएको छ । २ किलोवाट ७० भोल्ट हब मोटर प्रयोग भएको यस स्कुटरले फुल चार्जमा ७० देखि १०० किलोमटर रेन्ज दिने कम्पनीको भनाइ छ । यस स्कुटरमा ६००० वाट पावर ब्याट्री प्रयोग गरिएको छ जसको क्षमता ७२ भोल्ट ४०/५५ एएच रहेको छ ।

यसलाई फूल चार्ज गर्न चार घण्टाको समय लाग्ने कम्पनीको भनाइ छ । हाइड्रोलिक शक एबजर्बसन भएको यस स्कुटरको कुल तौल ११० किलो रहेको छ । यस स्कुटरको मूल्य कम्पनीले चार लाख २९ हजार रुपैयाँ कायम गरेको छ । इच्छुक उपभोक्ताले जम्बो मोटर्सबाट आजै दुई मोडेलका स्कुटर खरिद गर्न सक्छन् ।
 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १८:१