close

आईफोनमा स्क्रिनशट लिने स्मार्ट तरिका

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १२:२८

आईफोनमा स्क्रिनशट लिने स्मार्ट तरिका

काठमाडौं । फोनको स्क्रिनशट विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । विशेषगरी अन्य व्यक्तिलाई फोटोकाे रूपमा कुनै पनि वेबसाइटको पेज, मेसेज पठाउन स्क्रिनशट लिने गरिन्छ । त्यसबाहेक पनि स्क्रिनशटको प्रयोग आवश्यकता अनुसार फरक-फरक हुन्छ ।

आज हामी आईफोनमा स्क्रिनशट लिने स्मार्ट तरिकाको बारेमा जानकारी दिँदैछौँ ।

आवश्यक परेको अब्जेक्ट (वस्तु) फोकस गरेर अनावश्यक अब्जेक्ट ब्लर गर्ने तरिका

कतिपय अवस्थामा तपाईँले पठाउन चाहेको स्क्रिनशटमा अन्य अनावश्यक वस्तु देखिएको हुन्छ । त्यस्तो अवस्थामा टार्गेट गरेको वस्तु फोकस गरेर अन्य अनावश्यक वस्तु ब्लर गर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपानाउनुहोस् ।

  • सबैभन्दा पहिले आफूले स्क्रिनशट लिन चाहेको पेज खोल्नुहोस् ।

  • त्यसपछि स्क्रिनशट लिनुहोस् । स्क्रिनशट लिएपछि तल दायाँपट्टि भएको प्लस (+) को आइकनमा ट्याप गर्नुहोस् ।

  • अनि अन्तिममा रहेको मेग्निफायरको अप्सन छान्नुहोस् ।

-यति गरेपछि मेग्निफायरलाई आफूले फोकस गर्न चाहेको स्थानमा लग्नुहोस् ।

-त्यसपछि उक्त आकारलाई आकार अनुसार सानो ठूलो बनाउनुहोस् ।

-त्यसलगतै ओपासिटी (opacity) को अप्सनमा जानुहोस् ।

-अनि तलपट्टि रहेको एडजस्टको अप्सनबाट ब्लर कम वा बढी गराउन सक्नुहुन्छ ।

-एडजस्ट गरिसकेपछि माथि बायाँपट्टि रहेको डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् ।

-यति गरेपछि सेभ, कपी वा डिलिट के गर्ने छान्नुहोस् ।

त्यस्तै आईफोनबाट लिइएको स्क्रिनशटमा आफ्नो सिग्नेचर पनि राख्न सकिन्छ । आफूले लिएको स्क्रिनशटमा सिग्नेचर राख्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले आफूले स्क्रिनशटको पेज छान्नुहोस् । (यसमा पनि विशेषगरी सिग्नेचर राख्नुपर्ने डकुमेन्टको स्क्रिनशट लिनुहोस् ।)

-त्यसपछि तल दायाँपट्टि भएको प्लसको आइकनमा ट्याप गरनुहोस् ।

-अनि सिग्नेचरको अप्सन छान्नुहोस् ।

-यति गरेपछि तपाईँले स्क्रिनशटमा राख्नपर्ने सिग्नेचर गर्नुहोस् । त्यसपछि सेभ गर्नुहोस् वा कपी गरेर आफूले पठाउन चाहेको एड्रेशमा पेस्ट गर्नुहोस् ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १२:५६