close

सात जिल्लाका बालबालिकालाई लोकसको प्रविधि सम्बन्धि प्रशिक्षण

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १४:४५

सात जिल्लाका बालबालिकालाई लोकसको प्रविधि सम्बन्धि प्रशिक्षण

काठमाडौं । कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङमा संकायका विद्यार्थीहरूको संस्था लोकसले सात ओटा जिल्लामा 'चिल्ड्रेन इन टेक' कार्यक्रम सम्पन्न गरेको छ । नेपालभर १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई प्राविधिक विषयहरू बारे जानकारी गराउने उद्देश्यका साथ लोकसले विभिन्न प्रदेशका सात जिल्लाको सात विद्यालयमा चिल्ड्रेन इन टेक्नोलोजी कार्यक्रम सम्पन्न गरेको छ । 

बालबालिकाहरूलाई प्रविधिसँग नजिक बनाउनको लागि तथा नयाँ पुस्तालाई सशक्तीकरण गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम आयोजना गरेको लोकसले बताएको छ । लोकसले यो कार्यक्रम डडेल्धुरा, सुर्खेत, कास्की, मनाङ, चितवन, बारा र खांदबारीमा आयोजना गरेको थियो । प्रशिक्षण अवधिमा विद्यार्थीहरूलाई प्रविधिका नयाँ आविष्कारहरू, रोबोटिक्स, हार्डवेयर, सफ्टवेयर लगायतका विषयमा जानकारी गराइएको थियो । 

यो सँगै विद्यार्थीहरूलाई इन्टरनेट र यसको प्रयोग सम्बन्धित जनचेतनामूलक प्रशिक्षण पनि प्रदान गरिएको थियो । यो बाहेक संस्थाले वर्ल्डलिंकको सहकार्यमा सात प्रदेशको ४७ ओटा विद्यालयमा इन्टरनेट सम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरेको थियो ।

विद्यार्थीहरूलाई इन्टरनेटको उपयोग, अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षा, साइबर बुलिङ, फिसिङ, इन्टरनेट लत आदिका बारेमा सचेत गराइएको लोकसका संयोजक तपेन्द्र पान्डेले बताए । "लोकसले गरेको यस्ता जनचेतना मूलक कार्यले भोलिको दिनमा देशको प्राविधिक विकासलाई टेवा पुर्‍याउने हामीले विश्वास लिएका छौँ," उनले बताए । 


 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १४:४५