close

सस्तोमा डेटा, भ्वाइस र एसएमएसका लागि एनसेलले ल्यायो ३ नयाँ प्याकेज

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १२:१४

सस्तोमा डेटा, भ्वाइस र एसएमएसका लागि एनसेलले ल्यायो ३ नयाँ प्याकेज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि प्रिपेड प्लान अन्तर्गत तीन ओटा प्याकेज ल्याएको हो । स्टार्टर प्लानमा सजिलो, सहयात्री र सही योलाई अपडेट गरिएको छ । यी प्याक आइतबार (मसिर ४) देखि संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

ग्राहकले कर सहित सजिलो प्याकका लागि ९७ रुपैयाँ, सहयात्री प्लानका लागि ९८ रुपैयाँ र सही यो प्लानका लागि ९९ रुपैयाँ खर्चिनु पर्नेछ । स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः सजिलो प्लान प्राप्त गर्ने बताइएको छ । यसमा १० रुपैयाँको मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेका २० ओटा अन नेट एसएमएस रहेका छन् । 

त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल गर्न, एक रुपैयाँ प्रति एमबीमा पे एज यू गो डेटा र कर बाहेक एक रुपैयाँ शुल्कमा कुनै पनि नेटवर्कमा एसएमएस पठाउन सक्ने छन् । 

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरूका लागि सहयात्री प्लान ल्याइएको छ । यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, सात दिनको समयसीमा रहेको १० ओटा अन नेट एसएमएस पाउने छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो तीन मिनेट कलपछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्नेछन् । 

सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको फाइदा पनि लिन सक्नेछन् । यो सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न आठ राष्ट्रमा अन्तर्राष्ट्रिय कल गर्दा पहिलो १ मिनेटपछि छुट प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै अर्को स्टार्टर प्याक युवावर्गलाई लक्षित सही ल्याइएको छ । यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समय सीमा रहेको एक जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिन समय सीमा रहेका १० ओटा अन नेट एसएमएस प्राप्त गर्नेछन् । 

यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सक्रिय भएको अर्को दिनको मध्य रातसम्म २०० रुपैयाँ र सो भन्दामाथिको रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस ‘पे एज यू गो’ अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिनेछ । बोनस रकम ३ दिनको लागिमान्य रहन्छ । 

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले रु १००, रु ५०० र रु १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । रु १०० को प्लानमाग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकलकल) प्राप्त गर्छन् । रु ५०० को प्लानमा पर्यटकले रु ५० मेनब्यालेन्स, ५० मिनेट लोकलकल र ७दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै रु १००० को प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले रु ५० मेनब्यालेन्स, १०० मिनेट लोकलकल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदालिन सक्छन् । 


 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १२:१४