काठमाडौं । इन्बोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट सम्पन्न हुने सेवा तीन दिनसम्म बन्द हुने भएको छ ।
एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले इम्बोड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भर बन्द रहने जानकारी दिएको हो ।
यो अवधिमा अनलाइन आवेदन तथा यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवा अवरूद्ध हुने भएकाले यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले माफी मागेको छ ।