close

'क्रिप्टोलाई प्रतिबन्ध होइन, नियमन गर्नुहोस्'

टेकपाना टेकपाना

मंसिर ११, २०७९ ११:३१

'क्रिप्टोलाई प्रतिबन्ध होइन, नियमन गर्नुहोस्'

काठमाडौं । बाइनान्सका प्रमुख कार्यकारी अधिकारी चाङपेङ झाओले क्रिप्टोलाई प्रतिबन्ध अथवा यसको विरुद्धमा काम गर्नु भन्दा यसलाई नियमन गर्नु उपयोगी हुने अभिव्यक्ति दिएका छन् । डिजिटल मुद्राको चलन विस्तारै सुरु हुँदै गर्दा विश्वका सबै राज्यका सरकारले क्रिप्टोलाई पनि आत्मसात गर्नुपर्ने उनको भनाई छ । 

ग्रिसको एथेन्समा आयोजना भएको बाइनान्सको एक कार्यक्रममा बोल्दै उनले धेरैजसो देशको सरकारले क्रिप्टोलाई बिस्तारै अपनाउँदै गएको अवस्थामा यसको विरुद्धमा निर्णय गर्नु भन्दा यसलाई नियमन गर्नु आवश्यक रहेको बताए । पछिल्लो समयमा क्रिप्टो बजार राम्रो हुन सकिरहेको छैन । यसले गर्दा धेरै मानिसलाई क्रिप्टोले आकर्षित गर्न सकिरहेको छैन भने क्रिप्टोको भविष्यमा माथि पनि उत्तिकै प्रश्न उठिरहेको छ ।

हालै टाट पल्टेको क्रिप्टो एक्सेन्ज कम्पनी एफटीएक्सका १० लाख भन्दा बढि प्रयोगकर्ताहरू प्रभावित भएका थिए । यद्यपि झाओले भने यो अवस्था केही समयको लागि मात्र भएको र क्रिप्टो बजार पुन: माथि उठ्ने विश्वास व्यक्त गरेका छन् ।     

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ ११:३२