close

अब खल्तीबाटै ब्लुबुक नविकरण गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १०:१८

अब खल्तीबाटै ब्लुबुक नविकरण गर्न सकिने

काठमाडौं । अब डिजिटल वालेट खल्तीबाटै आफ्नो सवारीको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । खल्तीले आफ्ना ग्राहकहरूको लागि नयाँ ब्लुबुक नवीकरण सेवा ल्याएको हो । 

यो सेवा अन्तर्गत कम्पनी आफैंले ग्राहकको घरसम्म गई ब्लुबुक लिने र नवीकरण गरी पुन: ग्राहकको घरसम्म पुर्‍याउनेछ । ग्राहकले खल्ती डिजिटल वालेट मार्फत आफ्नो ब्लुबुक नवीकरणको अर्डर दिन सक्नेछन् । 

कम्पनीका अनुसार दुई पाङ्ग्रे सवारीको नवीकरण शुल्क ३५० रुपैयाँ लाग्नेछ भने चार पाङ्ग्रे सवारीको नवीकरण शुल्क ५०० रुपैयाँ तोकिएको छ । हालको लागि कम्पनीले यो सेवा काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूलाई मात्रै उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १०:१८