close

पब्जीले लगायो दुई लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

पुस १७, २०७९ १८:३०

पब्जीले लगायो दुई लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध

काठमाडौं । पब्जी मोबाइल गेमको निर्माता कम्पनी टेन्सेन्टले एक साताको अवधिमा दुई लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । कम्पनीले ह्याकिङसँग सम्बन्धित गतिविधिका कारण एकैपटक लाखौं अकाउन्टमाथि प्रतिबन्ध लगाएको हो ।​

टेन्सेन्टले हालै प्रकाशित गरेको एन्टी चिट रिपोर्टमा दुई लाख १२ हजार ८९२ अकाउन्ट बन्द गरिएको उल्लेख गरिएको छ । रिपोर्टअनुसार प्रतिबन्धमा परेका अकाउन्टमध्ये ४१ प्रतिशत अकाउन्टले एक्स-रे भिजन प्रयोग गरेको पाइएको छ । त्यस्तै अटो एम ह्याकरका कारण २३ प्रतिशत, मोडिफिकेसन अफ एरिया ड्यामेजका कारण २२ प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।​

यसबाहेक आठ प्रतिशत अकाउन्ट स्पिड ह्याक र ६ प्रतिशत अकाउन्ट अन्य कारणले गर्दा प्रतिबन्धित भएका छन् । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिबन्धमा परेका अकाउन्टहरुको श्रेणीसमेत उल्लेख गरिएको छ । जसमा ब्रोञ्ज १५ प्रतिशत, सिल्भर १० प्रतिशत, डाइमन्ड ११ प्रतिशत, गोल्ड १० प्रतिशत, एस ३० प्रतिशत, कनक्वेर एक प्रतिशत, क्राउन १३ प्रतिशत र टिनम १० प्रतिशत रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ १८:३९