पुल्चोक इन्जिनियरिङमा प्रविधि प्रदर्शनी हेर्न जानेलाई टुटलको सेवा निशुल्क
माघ १७, २०७६ १३:३५
काठमाडौं । पुल्चोक इन्जिनियरिङ संस्थानमा शुक्रबारदेखि देखि सुरु भएको लोकस २०२० प्रदर्शनी अवलोकन गर्न जानेहरुका लागि टुटलले निशुल्क राइड सुविधा दिदैँछ ।
लोकसको इभेन्टमा मोबिलिटी पार्टनरको रुपमा रहेको टुटलले लोकस प्रदर्शनीमा जान चाहानेहरुलाई सय प्रतिशत क्यास ब्याक सहित टुटल राइड सुविधा प्रदान गर्ने भएको हो ।
यो सुविधा माघ १७ देखि १९ सम्म अर्थात मेला अवधिभर उपलब्ध गराइने टुटलले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
