close

अशक्त प्रयोगकर्ताको दैनिकी सहज बनाउँदै कलर ओएस

टेकपाना टेकपाना

जेठ २८, २०७७ १८:४८

अशक्त प्रयोगकर्ताको दैनिकी सहज बनाउँदै कलर ओएस

काठमाडौं । भर्खरै डब्लुएचओले प्रकाशित गरेको एक रिपोर्टले एक अर्बभन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्ततासँगै बाँचिरहेको देखाएको छ । यसको अर्थ विश्वमा सय जनामा १५ मानिसहरुमा यस किसिमको समस्या हुने गरेको छ ।

अशक्तता भएका मानिसहरुलार्य साधारण मानिसका तुलनामा धेरै स्वास्थ्य हेरचाहको आवश्यकता पर्दछ । उनीहरुका धेरैजसो आवश्यकता समयमै पूर्ति हुन समेत पाउँदैनन् ।

इन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलायन्सको सदस्यको रुपमा रहेको ओप्पोले आफ्नो कलरओएसमा असक्तता भएका मानिसलाई मोबाइल इन्टरनेटको माध्यमबाट दैनिकीमा सहयोग गर्न थालेको छ ।

आँखामा समस्या भएकाहरुका लागि

दृष्टि अर्थात आँखामा समस्या भएका मानिसलाई कलरओएसले टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचरका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाले बुझ्न सघाउँछ ।

टक ब्याक फिचर एक्टिभ गर्दा प्रयोगकर्ताले स्क्रीनमा देखाइएका विषयवस्तुहरु आवाजबाट निर्देशन दिने फिचरको माध्यमबाट सहजै पढ्न सक्छन् । साथै, स्क्रीनमा नहेरेरै अर्को पेजमा जान सक्छन् ।

तस्वीरः ओप्पो

सेलेक्ट टू स्पिक फिचर एक्टिभ गरेसँगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न पाउँछन् । साथै, आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत मिलाउन सकिने सुविधा समेत यसमा रहेको छ ।

गेस्चर एण्ड मोसन्स फिचरले आँखा तथा हेराईमा समस्या भएका प्रयोगकर्तालाई अझ सहज तरिकाले अन्तरक्रियात्मक ढंगबाट बुझ्न तथा अनुभव गर्न सघाउँछ । यो फिचर अन गरेसँगै प्रयोगकर्ताले विभिन्न ज्ञानेन्द्रिय अनुभवहरु लिन सक्छन् ।

यसको माध्यमबाट आएको कल उठाउन समेत सहज हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले आफ्नो कान नजिक फोन लगेकै भरमा स्वचालित रुपमा कल रिसिभ गर्न सक्छन् ।

रंग चिन्ने क्षमता कमजोर भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोड समेत उपलब्ध छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’को तुलनामा कलरओएसले प्रयोगकर्तालाई आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ ।

यो फिचरको उपयोग टेक्स्टका साथै लहरै भएका संकेत चिन्हहरु, बटन, स्विच लगायतमा पनि गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

सुनुवाइको समस्यामा

कलरओएसले सुन्ने क्षमता कमजोर भएका प्रयोगकर्ताहरुलाई पनि सहज बनाउने कोशिस गरेको छ । यसमा उपलब्ध फिचरले दायाँ वा बायाँ च्यानलको आवाजलाई मोनो सिग्नलमा परिणत गरी दुवै च्यानलको आवाज एउटै कानमा पठाएर सुन्ने कार्यमा सहजता प्रदान गर्दछ ।

तस्वीरः ओप्पो

साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फिचर अन गरी आएको कलको बारेमा सटिक रुपमा थाहा पाउन सक्छन् । शारीरिक अशक्तता वा गतिशिलता सम्बन्धी समस्या भएका प्रयोगकर्ताहरु कलरओएसको एक्सेसिबिलिटी फिचर प्रयोग गर्न सक्छन् ।

स्क्रीनसट, भोल्युम र ब्राइटनेस जस्ता साधारण फिचर सहजै क्लिकको भरमा नियन्त्रिण गर्न सकिन्छ । साथै, कलरओएसले टच एण्ड होल्ड डिले र अपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर पनि समावेश गरेको छ ।

ओप्पो कलर ओेएसले अशक्तता भएका मानिसका लागि विशेष चाँसोका साथ नयाँ नयाँ फिचर विकास गरिरहेको छ ।

साथै, यस्ता व्यक्तिहरुको सहजताका लागि एक्सेसिबिलिटी एसोसिएसनका व्यक्तिहरुसँग निरन्तर छलफल गर्नुका साथै कलरओएस टिमले अशक्त इञ्जिनियरसँग उत्पादन परिस्कृत गर्न सुझाव समेत माग्ने गरेको छ ।

शारीरिक अशक्तता भएका मानिसहरुको दृष्टि, श्रवण, छुने लगायत समस्याको समाधान उपलब्ध गराउँदै त्यसलाई सुदृढ गर्ने उद्देश्यका साथ काम गरिरहेको ओप्पोले जनाएको छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना उत्पादनलाई अशक्ततासँग जुधिरहेका प्रयोगकर्ताका समस्या समाधान गर्दै व्यवधानरहीत सेवा उपभोग गर्न सक्ने बनाउन निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०