काठमाडौं । सामसङले चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।
बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत पाँचवटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट ट्वान्टी प्राप्त गर्न सक्नेछन् ।
पहिलो ‘साप्ताहिक ‘बिग धमाका‘ अन्तर्गतको होण्डा हर्नेट १६०आर विजेता सिरियल नम्बर तनहुँ आँबुुखैरेनी निवासी कल्पना थापा बनेकी छिन् ।
त्यस्तै पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट ट्वान्टीको लागि लक्की ड्र विजेताहरु तनहुँ दमाैलीकी मेनुका थापा र गाेरखाका राजन भट्टराई रहेका छन् ।
यो योजना असोज १६ गते देखि प्रारम्भ भई मंसिर २ गते सम्म रहने छ । सामसङ मोबाइलका नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेलहरुबाट खरिद गरी यो योजनामा सहभागी हुन सकिने छ ।