close

स्वास्थ्य क्षेत्र लक्षित मिम प्रतियोगिता हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १२:३४

स्वास्थ्य क्षेत्र लक्षित मिम प्रतियोगिता हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । विश्व मिम दिवसको अवसरमा मेडक्याजम नेपालले मिम प्रतिस्पर्धाको आयोजना गर्दैछ । यसअन्तर्गत मेडिकल क्षेत्रमा देखा परेका समसामयिक विषयमाथि हाँस्य व्यङ्ग्य मिम (फोटो, भिडियो तथा गिफ) बनाउनेहरुबीच प्रतिस्पर्धा हुनेछ ।

मेडक्याजम नेपालको फेसबुक तथा इन्स्टाग्राम प्लेटफर्ममा मिम पठाउन सक्ने मेडक्याजम नेपाल पेजका एडमिन विश्वराज अधिकारीले बताए । 

मेडिकल क्षेत्रमा देखा परेका विषयवस्तुलाई हाँस्य व्यङ्ग्यात्मक तरिकाले मिममा प्रस्तुत गर्नसक्ने विजेताले विभिन्न किसिमका पुस्तकार तथा गिफ्टह्यापर जित्न सक्ने एडमिन अधिकारीले बताए । 

सहभागी हुन इच्छुकले फेसबुक तथा इन्स्टाग्राममा आफ्नो पोस्ट पठाउन सक्नेछन् । दुवै प्लेटफर्मका लागि छुट्टा छुट्टै दुई विजेता घोषणा गरिने अधिकारीले बताए ।

चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थी मात्र नभएर यस क्षेत्र र समस्यालाई बुझ्ने सबै मानिसहरुले उक्त प्रतिस्पर्धामा सहभागी हुन सक्ने उनले बताए । 

‘नेपालको मेडिकल क्षेत्रसँग सम्बन्धित कुनै स्वदेशी मिम पेज छैन,’ अधिकारीले भने, ‘हामी मिम बनाउँदा भारतको कन्टेन्ट लिएर शेयर पोस्ट गरिरहेका हुन्थ्यौं । त्यसैले मानिसको मन मस्तिष्कलाई सजिलै छुन सक्ने मिमले यस क्षेत्रको विषयलाई पनि उजागर गर्न सकोस् भनेर हामीले यो पेज खोलेका थियौं ।’  

इच्छुकहरुले १३ नोभेम्बर राती १२ बजेसम्म [email protected] मा मिम सबमिट गरिसक्नु पर्नेछ । १४ नोभेम्बरको विश्व मिम दिवसमा विजेता घोषणा गरिने अधिकारीले बताए । 

मेडक्याजम नेपाल मेडिकल क्षेत्रसँग सम्बन्धित मिम बनाउँदै आइरहेको सामाजिक सञ्जाल पेज हो । अधिकारीले एक्लैले सुरु गरेको मेडक्याजम पेजलाई अहिले विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको टोलीले संयुक्त रुपमा सञ्चालन गरिरहेको छ । 

‘हामीले विभिन्न १८ वटा चिकित्सा कलेजका विद्यार्थी प्रतिनिधिहरु चयन गरेर एउटा समूह खोलेका छौं, अधिकारी भन्छन्, ‘उनीहरुबाट कलेजभित्रका आन्तरिक वातावरणको मिम बनाएर हामीलाई दिन्छन् र त्यसलाई हामीले पोस्ट गरिरहेका छौं ।’ 

याे पनि पढ्नुहाेस् : मिम बनाउनका लागि यस्ता छन् उत्कृष्ट ७ एप

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०