close

ईसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा अब कुवेतबाट पनि

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १४:५३

ईसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा अब कुवेतबाट पनि

काठमाडौं । ईसेवा मनी ट्रान्स्फर र कुवेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ईसेवा मनी ट्रान्सफरका एजेन्ट तथा ईसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

साथै ईसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै ईसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ ।

रेमिट्यान्स सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनी ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरे ।

ईसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

ईसेवा मनी ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु उद्देश्य रहेको ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०