close

अब क्यूआरबाटै तरकारीकाे भुक्तानी

टेकपाना टेकपाना

पुस १०, २०७७ १८:५४

अब क्यूआरबाटै तरकारीकाे भुक्तानी

काठमाडौं । अब तरकारी खरिद गर्दा क्यूआरबाटै स्क्यान गरी भुक्तानी गर्न सकिने छ । डिजिटल भुक्तानीको बढ्दो प्रयोगलाई आत्मासाथ गर्दै शुक्रबार नक्सालको तरकारी बजारबाट यसको सुरुवात गरिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरको हुन् । उनले उक्त एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन् ।

कार्यक्रममा गभर्नर अधिकारीले योसँगै तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले डिजिटल कारोबारलाई बढावा दिन अब देशैभर क्यासलेस कारोबार लैजाने समेत बताए ।

नक्सालको उक्त तरकारी बजारमा सानिमा बैंक र भायानेटको सहकार्यमा यसको सुरुवात भएको हो । बजारमा क्यूआर पेमेन्टको सुरुआत बैंकले गरेको हो भने भायानेटले नि:शुल्क इन्टरनेट उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०