काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एस२०, एस२० प्लस, ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा भित्र्याएको छ । यी फोन नेपाली बजारमा भित्रिनुअघि कम्पनीले फोनको प्रि-अडर खुला गरेको थियो ।
उक्त प्रिबुकिङमा ग्यालेक्सी एस२०/एस२० प्लस तथा ग्यालेक्सी नोट २०/नोट २० अल्ट्रामध्ये कुनै एक बुक गर्ने ग्राहकमध्येबाट उपहार प्रदान गरेको हो ।
कम्पनीले भाग्यशाली विजेताको घोषणा यही माघ २८ गते सामसङ नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरेको थियो । प्रिबुकिङमा ठूलो संख्यामा सहभागिता रहेको सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए ।
‘नेपालमा ग्यालेक्सी एस सिरिज तथा ग्यालेक्सी नोटप्रति विशेष अनुराग एवं माया प्रदान गर्नुहुने ग्राहकको संख्या अत्यधिक रहेको छ,’ उनले भने, ‘उहाँहरुलाई लक्षित गर्दै कम्पनीले यो वर्ष ग्यालेक्सी एस२०, एस२० प्लस तथा ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा प्रि-बुकिङमा आकर्षक उपहार समावेश गरेका थियौं ।’
ग्यालेक्सी एस२०, एस२० प्लस प्रि-अर्डर गर्ने ग्राहकले लक्की ड्रमा समावेश भई टर्किस एयरलाईन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाई टिकट, ग्यालेक्सी वाच एक्टिभ २, दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा वा लेट् मी इनको तर्फबाट पाँच हजारको कुपन प्राप्त गरेका छन् ।
त्यसैगरी ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा प्रि-अडर गर्ने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किस एयरलाईन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाई टिकट पाएका छन् ।
दोस्रो, तेस्रो र चौथो विजेताले ग्यालेक्सी बड्स प्लस, पाँचौं र छैटौं विजेताले दुई रात हिमालयन फ्रन्ट होटेल वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा तथा सातौं विजेताले लेट् मी इनको तर्फबाट १० हजारको कुपन प्राप्त गरेका छन् ।
ग्यालेक्सी एस२० र एस२० प्लसका विजेता
टर्किस एयरलाईन्सको तर्फबाट विजिनेस क्लासको दुईतर्फी हवाई टिकट जित्नेमा आस्मा राना, ग्यालेक्सी वाच एक्टिभ २ जित्ने आस्था राना तथा पारस श्रेष्ठ रहेका छन् ।
त्यस्तै दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा जित्ने अशेष श्रेष्ठ, विनोद बज्राचार्य तथा पुनित मान श्रेष्ठले हात पारेका छन् । लेट् मी इनको ५ हजारको कुपन मदनप्रसाद भण्डारी शर्मा र इश्वर लगुनले हात पारेका छन् ।
ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा विजेता
टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाई टिकट जित्नेमा विधान जोशी, ग्यालेक्सी बड्स प्लस जित्नेमा नारायण दास श्रेष्ठ, उज्जेनलाल श्रेष्ठ तथा दिग्विजय दुगर रहेका छन् ।
त्यस्तै दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा जीवन मोक्तान तथा विक्की गुप्ताले पाएका छन् । लेट् मी इनको तर्फबाट १० हजारको कुपन जित्नेमा युक्तर्थ अर्याल रहेका छन् ।