close

अब गुगल क्रोममै स्किृन रेकर्ड फिचर

टेकपाना टेकपाना

फागुन ८, २०७७ ८:३८

अब गुगल क्रोममै स्किृन रेकर्ड फिचर

काठमाडौं । गुगलले अब आफ्नो क्रोम ओएसमा आफ्नै स्क्रिन रेकर्डर ल्याउने भएको छ । यससँगै अब क्रोमबुकबाट पढ्न र पढाउन शिक्षक तथा विद्यार्थीहरुलाई थप सजिलो हुने भएको छ ।

क्रोम ओएसमा आगामी मार्च महिनासम्ममा त्यस्तो प्रकारको रेकर्डर आउने बताइएको छ । कोरोना महामारीका कारण विद्यार्थी र विद्यालयहरु दूरशिक्षातिर स्थानान्तरण भइरहेको अवस्थामा भिडियो लेसन तयार गर्न स्क्रिन रेकर्डर जस्ता नयाँ टुल प्रयोगको आवश्यकता देखिएको छ ।

Image of computer

विण्डोज टेन अपरेटिङ सिस्टमको गेम बारमा स्क्रिन रेकर्डर छ । यस्तै म्याक ओएसमा क्विकटाइम प्लेयर प्रयोग गरेर स्क्रिन रेकर्ड गर्न सकिन्छ । यसअघि क्रोम ओएसमा स्क्रिन रेकर्ड गर्न थर्ड पार्टी एप डाउनलोड गर्नुपर्थ्यो । 

नयाँ अपडेटमा क्रोम ओएसको स्क्रिन रेकर्डर आएसँगै प्रयोगकर्ताहरुले स्क्रिनमा देखिने सामग्रीहरु रेकर्ड गर्न सक्नेछन् । स्क्रिनको दायाँतिर एउटा रातो सर्कल देखिन्छ, जसबाट रेकर्ड भइरहेको थाहा पाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१