close

यसरी बुझ्नुहोस् स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट

टेकपाना टेकपाना

फागुन २४, २०७७ १६:३२

यसरी बुझ्नुहोस् स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट

काठमाडौं । दशकौंदेखि देशका ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड एक्सेस दिन विभिन्न कम्पनीहरुले गर्दै आइरहेको बाचा अब स्टारलिङ्कले पुरा गर्ने अपेक्षा गरिएको छ । हजारौं स्याटेलाइट हावामा राखेर ग्रामीण सेवाग्राहीहरु माझ पुग्ने मस्कको प्रस्तावले परिणाम पनि दिइरहेको स्टिल इन बेटा स्टारलिङ्क सर्भिसको परीक्षणमा देखिएको छ । 

स्टारलिङ्कको प्रारम्भिक रिभ्यूमा यसलाई सेटअप गर्न सजिलो र डीएसएल लाइनभन्दा फास्ट मात्र होइन बेसिक केबल प्याकेजले डेलिभर गर्ने भन्दा पनि फास्ट इन्टरनेट रहेको पाइयो । महङ्गो भए पनि पातलो जनघनत्व भएको क्षेत्रमा स्टारलिङ्क एउटा उत्कृष्ट विकल्प बन्नसक्छ ।

यसको बेसिक हार्डवेयर प्याकेजको मूल्य ४९९ डलर प्लस एक महिनाको सेवा शूल्क ९९ डलर रहेको छ । सिपिङ र कर सहित प्रारम्भिक कूल शूल्क ५८१ डलर ९४ सेन्ट अर्थात करिब ६७ हजार ८०८ रुपैयाँ रहेको छ ।

कयौं हप्ताको परीक्षणपछि स्टारलिङ्कको सकरात्मक र सुधार गर्नुपर्ने पक्ष यहाँ राखिएको छ । 

स्टारलिङ्क के हो अनि यसले कसरी काम गर्छ ?

विश्वका विभिन्न विकट भागहरुमा इन्टरनेट पहुँचको अवस्था हेर्दा कि त कमजोर नेटवर्क कि त शून्य जस्तै देखिन्छ ।  टोम्स गाइडमा प्रकाशित एक परीक्षण रिपोर्टअनुसार अनुसन्धानकर्ताहरुले ब्युकोलिक भर्माउन्ट टेस्टिङ स्पटमा परीक्षण गरेका थिए ।

जहाँ सेल सर्भिस (मोबाइल सेवा), केबल र अप्टिकल फाइबर जस्ता कुनै पनि सेवा थिएनन् । फाइभजीको पनि त्यहाँ कुनै नामो निसाना थिएन ।

हिमाली क्षेत्र भएको कारण सिग्नल बाउन्स गर्न धेरैवटा टावरको खाँचो थियो । अनि फाइभजीको लोअर फ्रिक्वेन्सीले दुरी त तय गर्दथ्यो ।

तर त्यसमा पर्याप्त स्पिड थिएन । यसैबीच स्टारलिङ्कको प्रवेश भएको हो । स्टारलिङ्कले पृथ्वीको तल्लो अर्बिटमा स्याटेलाइटको नेटवर्कलाई प्रयोग गरेर सिग्नल तपाईं हामी भएको ठाउँमा झार्दछ ।

अहिले स्टारलिङ्कका करिब हजार भन्दा धेरै स्याटेलाइटहरु आकासमा छन् । तर यो सिस्टमलाई पूर्णता दिन अझै हजारौं भूउपग्रहहरु आवश्यक छन् ।

स्पेसएक्सको फाल्कन नाइनले आफ्नो प्रत्येक प्रक्षेपणमा ६० वटा स्याटेलाइटहरु लिएर उड्ने गरेको छ । स्टारलिङ्क डिश र डाइरेक टिभी बर्ड्स भन्दा फरक छ ।

यसमा जियोसिङ्क्रोनस र जियोस्टेसनरी स्याटेलाइटको प्रयोग हुँदैन । त्यसैले उपभोक्ताहरुको प्रयोगका लागि स्टारलिङ्क डिश स्वतः मुभ हुन सक्नुपर्छ ।

ताकि यसले नयाँ स्याटेलाइटलाई पिक गर्न रिअलाइन गर्न सकोस् । तर स्टारलिङ्कको सबैभन्दा ठूलो फाइदा भनेको यो पृथ्वीको तल्लो अर्टिब स्याटेलाइटमा छ ।

जुन पृथ्वीको सतहभन्दा करिब ३४० माइल माथि पर्दछ । यसले गर्दा डाइरेकटिभी स्याटेलाइट को तुलनामा यसले सिग्नल डिले वा लेटेन्सीलाई कम गरिदिन्छ ।

जब कि डाइरेकटिभी स्याटेलाइट्सहरु पृथ्वीको सतहभन्दा करिब २२ हजार माइल माथि बसेका हुन्छन् । 

मूल्य र प्लान 

स्टारलिङ्कको डेटा प्लान हालसम्म आधिकारिक रुपमा घोषणा भएको छैन । बेटा अवधिसम्म स्टारलिङ्कले ९९ डलर मासिक असुल गर्ने बताएको छ ।

जब सेवा पूर्णरुपमा सञ्चालन हुनेछ, त्यसपछि यो परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा पनि हालसम्म स्पष्ट भइसकेको छैन । 

स्टारलिङ्कको कभरेज 

स्टारलिङ्कको हालसम्म कुनै पनि आधिकारिक कभरेज म्याप छैन । तर कम्पनीले विश्वभर आफ्नो सेवा प्रदान गर्ने योजना बनाएको छ ।

अमेरिकाको संघीय सञ्चार आयोगको फाइलिङ अनुसार कम्पनीले प्रारम्भिक चरणमा उत्तर अमेरिकी क्षेत्र र दक्षिण क्यानडामा व्यावसायिक सेवा प्रदान गर्ने खुलासा गरेको छ । त्यसपश्चात कम्पनीले सन् २०२१ सम्ममा आफ्नो ग्लोबल कभरेजलाई तीव्ररुपमा विस्तार गर्ने बताएको छ । 

स्टारलिङ्कभित्र के के छ?

स्टारलिङ्कका सम्पूर्ण सामग्रीहरु एउटै प्याकेजमा आउने बताइएको छ । यो एउटा ठूलो, चौडा पिज्जा बक्स साइजको डिश हुनेछ र त्यसमा डिसलाई अड्याउन एउटा अस्थायी ट्राइपोड हुनेछ ।

सय फिटको कनेक्टिङ केबल र एउटा वाईफाई राउटर/ कन्ट्रोलर पनि हुनेछ । जुन डिशसँग जोडिएको हुनेछ ।

तपाईंले कुनै कुरा पनि एकअर्कोसँग प्लग इन गर्नु पर्दैन, सबै अगाडि नै जोडिएको हुनेछ । यसमा प्रयोगकर्तालाई सिकाउने कुनै पनि म्यानुअल वा इन्स्ट्रक्सनका कागजात हुनेछैन ।

त्यसमा मात्र एउटा पोस्टर बोर्डको टुक्रा हुनेछ, जसमा ग्राफिक सेटअप गाइडको तीन चरण देखाइएको हुनेछ । डिशलाई स्वचालित रुपमा मोटराइज्ड गरिएको छ ।

हिउँ र बरफमा सफा राख्न यसलाई तातो पनि बनाइएको छ । यसका लागि डिशसँग एउटा विशेष किसिमको केबल जोडेर राखिएको छ ।

जसले राउटरसम्म सिग्नल पुर्‍याउने मात्र होइन, डिशमा विद्युत प्रवाह समेत गरिरहेको हुन्छ । यदि केबलमा केही गरी क्षति पुग्यो भने यसलाई तपाईंले सामान्य केबललाई जस्तो एन्टेनाबाट सोझै डिसकेन्ट गरेर नयाँ वा बेसिक कोएक्सल केबल प्रयोग गर्न सक्नुहुन्न । 

स्टारलिङ्कक स्पिड र समग्र पर्फमेन्स 

अनुसन्धानकर्ताहरुको टोलीले स्टारलिङ्कलाई हप्तौंसम्म सबै किसिमका मौसमहरुमा परीक्षण गरेको थियो । साथै यसमा विभिन्न इन्टरनेट गतिविधि जस्तै फोरके मुभिज स्ट्रिमिङ, जूम कन्फ्रेन्स कलदेखि धेरै भिडियोको अपलोड तथा डाउनलोड जस्ता गतिविधिहरुको पनि परीक्षण भए ।

सामान्यरुपमा हेर्दा यसको स्पिड निकै चित्त बुझ्दो पाइयो । तर समग्रमा स्टारलिङ्क अझै पनि बेटा भर्सनमै काम गरिरहेको छ । 

भिडियो डाउनलोड हुन समय लाग्ने र बफर भइरहने ठाउँहरुमा स्टारलिङ्कको इन्टरनेटले ती कामलाई केही सेकेण्डमै पुरा गरिदिन्छ । यसको स्पिड परीक्षणमा धेरै फरक देखिन्थ्यो ।

कति ठाउँमा १५ एमबीपीएस थियो भने कतै ५० एमबीपीएसको डाउनलोड स्पिड देखिन्थ्यो । स्पिडटेस्ट डट नेटमा ८९.४८ एमबीपीएससम्मको स्पिड हिट गरेको थियो ।

फास्ट डट कमबाट पनि यस्तै प्रकारको परिणाम आएको थियो । अपलोड स्पिड धेरैजसो न्यून गतिको छ । पाँचदेखि ३२ एमबीपीएससम्म भने लेटेन्सी ३२ मिलि सेकेन्डकै वरपर छ । 

स्पिडमा किन यति धेरै फरक आयो त भन्ने प्रश्न तपाईंको मनमा उठ्न सक्छ । यसको कारण भनेको परीक्षणकालको समय अनुसार परिणाम फरक पर्न सक्छ ।

स्टारलिङ्क स्याटेलाइटको संख्या र अवस्थिति पनि फरक रहेको परीक्षणको समयमा पाइएको थियो । धेरै जसो स्याटेलाइटहरु उत्तरपश्चिमी अमेरिकाको आकाशमाथि झुण्ड बनेर बसेका थिए ।

परिक्षण गरिएका स्याटेलाइटहरु दक्षिण क्युबेकको सुदूर उत्तरी क्षेत्रतिर थिए । स्टारलिङ्कले आफ्नोतर्फबाट बेटा प्रयोगकर्ताहरुलाई ५० देखि १५० एमबीपीएस बीचमा स्पिडको अपेक्षा गर्न भनेको थियो ।

तर बेटा चरणमा परीक्षणको समयमा देखिएको सबैभन्दा मूख्य समस्या भनेको बिना चेतावनी सिग्नल ड्रपआउट भइदिन्थ्यो । 

निश्कर्ष 

राम्रो इन्टरनेट एक्सेस नपाउने सुदूर क्षेत्रमा बस्नेहरुका लागि स्टारलिङ्क उपयुक्त छ । सेवाको दृष्टिले मूल्य पनि उचित नै छ ।

कम्पनीले पृथ्वीको तल्लो अर्बिटमा थप हजारौं स्याटेलाइट थपेपछि बेटा चरणमा देखा परिरहेको ड्रप आउटको समस्यालाई पनि हल भएर जाने बताएको छ । 

एलन मस्कले हालैको आफ्नो ट्वीटमा थप स्याटेलाइटहरु प्रक्षेपण गरिसकेपछि वर्षको अन्त्यसम्ममा इन्टरनेट स्पिड करिब तीन सय एमबीपीएसको नजिक पुर्‍याउने बाचा गरेका छन् ।

आँगनमै अप्टिकल फाइबर जोडेर आइरहेका शहर तथा सुगम क्षेत्रका बासिन्दाहरुका लागि त यो केही पनि होइन । तर तीव्र गतिको इन्टरनेट चलाउने आशा लिएका सुदूर तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि स्टारलिङ्क सपना साकार हुनु जस्तै हो ।  

टम्स गाइडबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१